|

जनकपुरधाम : माओवादी केन्द्रका सांसद ज्वालाकुमारी साहले संसद तोकिएको समयमा सञ्‍चालन नभएको प्रति सभामुखको ध्यानाकर्षण गराएकी छन्। सा‌ंसद साहले प्रदेश-२ काे संसद बैठकमा सांसदमा कारबाही सुरु हुनुअगावैको समय नै दुरुपयोग भइरहेकाे बताइन्। साहले संसद सचिवालयका कर्मचारीहरू तथा पत्रकार मित्रहरू समयमै आइपुगे पनि सरकारकै मन्त्रीहरू बेलामा नआउने कारण संसद बैठकको लागि घन्टाैँ कुनुपर्ने बताइन्। 

 भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमणको क्रममा बनेको आयोजक समितिमा पार्टी भन्दामाथि सभाको दायित्व पूरा गर्ने ठाउँमा आफ्नै संसदको सदस्यहरूलाई अपमानित तरिकाले व्यवहार गरेको आरोप पनि उनले लगाइन्। साहले भनिन्, ‘भारतीय प्रधानमन्त्री मोदीको भ्रमणको हिसाव खोज्दा हात हालाहालको अवस्था सिर्जना भएको हाे। भ्रमणका बेलामा भएका कमी कमजोरीको जवाफ मुख्यमन्त्रीबाट चाहेकोले मुख्यमन्त्री नै उपस्थित नहुँदा बैठकको कुनै औचित्य छैन। बैठक सुरु हुनुभन्दा पहिले मुख्य मन्त्रीको जवाफ चाहियो। त्यसपछि मात्र हामी अर्को विधेयकमा अगाडि बढ्छौं।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.