राजनीति

भूकम्पपीडितलाई अनुदान थप गर्न कांग्रेस सांसदको माग
SHARES

जेठ ३, २०७५

    हेटौँडा नेपाली कांग्रेसका सांसदहरूले भूकम्पपीडितलाई अनुदान रकम थप गर्न माग गरेका छन्। प्रदेश सचिवालयमा बिहीबार दर्ता गरेको संकल्प प्रस्तावमा उनीहरूले भूकम्पपीडितलाई अहिले उपलब्ध गराउँदै आएको तीन लाख रुपैयाँबाट घर निर्माण हुन नसक्ने भन्दै अनुदान थप गर्न माग गरेका हुन्। 

    प्रदेशसभा सदस्यहरू प्रभात तामाङ, छिरिङ दोर्जे लामा र निमा लामाले दर्ता गरेको संकल्प प्रस्तावमा सरकारले उपलब्ध गराउने भनेको पुनर्निर्माण पुनर्कर्जा रकम १५ लाख रुपैयाँ उपलब्ध गराउनुपर्ने र यो रकम १५ वर्ष अवधिमा निर्व्याजी रूपमा मासिक किस्ता बुझाउने व्यवस्था गर्न माग गरिएको छ। 

    पुनर्कर्जा उपलब्ध गराउँदा प्रदेश सरकारको जमानतमा जग्गाधनी पुर्जा मात्रै रोक्का गरी नेपाली नागरिकताका आधारमा कर्जा उपलब्ध गराउनुपर्ने सांसदहरूको माग छ। उनीहरूले सरकारी भवन, सार्वजनिक भवन, विद्यालय, गुम्बा, मठ, मन्दिर र अन्य भौतिक संरचनाहरू क्रमबद्ध रूपले पुनर्निर्माणको व्यवस्था गर्न माग गरेका छन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]