'अब हिजोको एमाले र माओवादी प्रवृत्ती रहदैन'

|

काठमाडौं: नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तामा पुगेपछि जनताको दुख विर्सने प्रवित्तीको विरूद्ध पार्टी एकता भएको बताएका छन्। बिहीबार पार्टी एकतामा उनले विगतमा जनताको लागि मर्न प्रतिस्पर्धा हुने गरेको र आज भोलि पदका लागि प्रतिस्पर्धा हुने गरेको बताए। 

'म त ऐतिहासीक जनआन्दोलनको नेतृत्व गरेको व्यक्ति, जनताको लागि  पहिले पाइन म मर्न पाउँ भनेर झगडा हुने थियो, आफै मर्न पाए हुन्थ्यो भन्ने हुन्थ्यो, अहिले प्रधानमन्त्रीहुन प्रतिस्पर्धा छ' प्रचण्डले भने। प्रचण्डले राजनीतिमा बिक्रिती बढ्दै गएको अवस्थामा दुई ठूला कम्युनिष्ट पार्टीको एकता भएको बताए। 

उनले जनताको लागि २० औँ वर्ष संघर्ष गरेका नेताहरू सत्ताको नजिक हुदै गएपछि थाहै नापाइन स्खलन आउने संकेत देखिएको बताए। उनले यस्तो स्खलन विरुद्ध लड्न पार्टी एकता आवश्‍यक रहेको बताए। 

जनताको निम्ती समर्पित हुनु बाहेक कम्युनिष्ट हुनुको कुनै औचित्य नरहेको प्रच्णडले बताए। अब हिजोको एमाले र माओवादी नरहेको अवस्थामा प्रचण्डको रुपमा नेकपा जनातको हितमा लाग्ने प्रचण्डको भनाई थियो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.