|

काठमाडौं : लामो समयको प्रतीक्षापछि दुर्इ ठूला दल नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भर्इ नवगठित नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को घोषणा हुँदा नेताहरू निकै उत्साहित देखिएका छन्। नेताहरूको उत्साहपूर्ण उपस्थितिमा नवगठित पार्टीले छ बुँदे घोषणापत्रसमेत सार्वजनिक गरेको छ। 

जनताको बहुदलीय जनवाद र २१औँ शताब्दीको जनवादलाई वर्तमान परिवेशअनुसार विश्लेषण गरेर आजको जनवादका रूपमा अगाडि बढाइने बताउँदै छ बुँदै घोषणापत्रसमेत जारी गरिएको छ। बिहीबार पार्टी एकता कार्यक्रममा एमाले वरिष्ठ नेता माधवकुमार नेपालले छ बुँदे घोषणापत्र सार्वजनिक गरेका हुन्।  

घोषणापत्रमा ‘आन्तरिक लोकतान्त्र र अनुशासनप्रति प्रतिवद्ध हुने, दिगो शासन, शान्ति, स्थायित्व, सुमार्गमा कटिबद्ध भएर लाग्ने, समाजवाद उन्मुख जनताको जनवाद हुने’ उल्लेख गरिएकाे छ।

साथै, पार्टीले कानुनी रूप दिएर दल दर्ता गर्न निर्वाचन आयोग कार्यालयमा पत्र दर्तासमेत गरिएको छ। बिहीबार प्रधानमन्त्री तथा नवगठित नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली, अध्यक्ष प्रचण्ड, रामबहादुर थापा, सुवासचन्द्र नेम्वाङलगायतका नेताहरू निर्वाचन आयोग कार्यालय पुगेर प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवलाई दल दर्ताको पत्र बुझाएका छन्।

हेर्नुहोस् फोटो :

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.