'आउँदो चुनाबमा नेकपाको तीन चौथाई'

|

काठमाडौं: प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपीशर्मा ओलीले पार्टीमा दुई अध्यक्ष आवश्‍यकता कुरा भएको बताएका छन्। बिहीबार पार्टी एकता घोषणा कार्यक्रममा दुई अध्यक्ष अहिलेको आवश्‍यकता भएको बताएका हुन्। 

'कतिलाई लाग्ला दुई वटा अध्यक्ष भए के गरेको होला जेटमा हुन्छ दुईवटा हाइटबाट उडाउनु पर्छ' ओलीले भने 'आवश्‍कयताले यस्तो कुरा ल्याएको हो'। 
ओलीले नेकपाले एउटा महाअभियान चालेकोले दुई जनाले सल्हा गरी गरी अगाडि बढ्न दुई अध्यक्ष भएको बताए।

'आज हाम्रो अग्रजले न्याए तर्फको हाम्रो यात्रा, विकास तर्फको यात्रा, सुशासन तर्फको यात्रा, समृद्धि तर्फको यात्रा निर्वाध अघि बढोस शक्ति मजबुत होस भन्ने चाहना पूरा भएको छ' ओलीले भने। 

ओलीले आउँदो चुनाबमा नेकपा तीन चौथाई सहित सरकारमा हुने दाबी गरे। कतिपयलाई यो ठट्टा लागे पनि नमान्न उनले आग्रह गरे। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.