|

मुगु : जिल्लामा भएको एकमात्र गमगाढ साना जलबिद्युत आयोजनाको बिद्युत सेवा बिग्रिँदा तीनदिनदेखि सदरमुकाम गमगढी बजार अन्धकारमय बनेको छ। 
विद्युतको पावर हाउसको मोटर मेसिन तातेर बत्ती बन्द हुने समस्याले गर्दा तीन दिनदेखि सदरमुकाम अन्धकार भएको छ। बत्ती बन्द हुँदा कर्मचारीदेखि स्थानीय उकुसमुकुस भएका छन् भने सरकारी कामकाज र बैंकको कारोबार पनि प्रभावित बनेको छ। 

सदरमुकाममा टेलिफाेन सेवा अबरुद्ध भएकाे छ। मोटर खरावीले गर्दा बत्ती बन्द भएर मर्मतकालागि काठमाडौंबाट ईन्जिनियर डम्बरबहादुर केसी बोलाइएको कार्यालय सहायक कासी खातीले जानकारी गराए। सदरमुकाम गमगढीमा बिद्युत अबरुद्ध हुँदा तीनवटा सामुदायिक रेडियोको प्रसारण सेवा पनि बन्द भएको छ। 

 

बिहीबार बिहान प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारी अबरुद्ध भएको बिद्युतगृह मै पुगेर कर्मचारी प्राविधिकलाई २४ घण्टाभित्रै मर्मत गरेर बत्ती बाल्न निर्देशन दिएका छन्। प्रजिअ अधिकारीले भने, बत्ती नभएर गमगढी अन्धकारमय भएकाे छ। सेवाग्राही उकुसमुकुस छन्। कर्मचारी प्राविधिकले  मर्मत गरिरहेका छन्। 

गमगाढ साना जलबिद्युत आयोजना २०६८ असोजमा सम्पन्न भएको हो। २ वटा मेसीनबाट ४०० किलोवाट बिद्युत उत्पादन क्षमता रहेको छ। यस बिद्युत प्रसारणबाट ३०० भन्दा बढी घर धुरीले सेवा लिइरहेका छन्। सेवा लिएका पूरै घरधुरी र गमगढी बजारमा रहेका साना उद्योगहरू र आर्थिक वर्षको अन्तिमतिर विकास निर्माण सम्पन्न गरी नगरपालिकामा भुक्तानी लिन आउने सेवाग्राही मर्कामा परेका छन्।


 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.