|

नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गरेको खेलकुद क्षेत्रकै सर्वाधिक प्रतिष्ठीत अवार्ड एनएसजेएफ पल्सर स्पोर्टस अवार्डमा यो पटक देशलाई एकदिवसिय मान्यता दिलाउन सफल क्रिकेटको वर्चस्व रह्यो । आर्मी अफिसर क्लबमा एक भब्य कार्यक्रमविच आयोजना गरिएको कार्यक्रमममा विभिन्न क्षेत्रका ब्यक्तिहरुले अवार्ड विजेता खेलाडीलाई ट्रफि प्रदान गरेका थिए।

वर्ष खेलाडीको उपाधि कप्तान पारस खड्काले प्राप्त गर्दा प्रशिक्षकमा जगत टमाटा पर्न सफल भए भने युवा तर्पm सन्दिप लामिछाने विजेता बन्न सफल भए। त्यस्तै स्पेसल अवार्डपनि क्रिकेटका करण केसीले प्राप्त गरे। वर्ष खेलाडी बनेका पारसले विश्वकप छनोटमा दुई सय ३१ रन बनाउँदा डिभिजन २ मा १ सतक र १ अर्धसतक सहित २ सय ४१ रन बनाएका थिए । उनले ब्याडमिन्टनका दिपेश धामी क्रिकेटकै सन्दिप लामिछाने जुडोका इन्द्रबहादुर श्रेष्ठ र गल्फका टङकबहादुर कार्कीलाई पछि पारे ।

वर्षको उत्कृष्ट महिला खेलाडी ब्याटमिन्टनकी शोभा गौचन घोषित भइन् । उनले बक्सिङकी विमला श्रेष्ठ, आर्चरीकी ज्ञानु अवाले, फुटबलकी सावित्रा भण्डारी, र टेबलटेनिसकी नविता श्रेष्ठलाई पछि पारिन । उनले पाकिस्तानमा भएको अन्तराष्ट्रिय सिरीजमा मिक्स डबल्सको सहित यो बर्ष तीन उपाधि जित्न सफल भइन्।
त्यस्तै युवा खेलाडीमा लेग स्पीनर सन्दीप लामिछाने चुनिन सफल भए। नेपाली क्रिकेट टोलीले एक दिवसिय मान्यता पाउँदा महत्वपूर्ण भूमिका निर्वाह गरेका सन्दीपले क्रिकेटकै दीपेन्द्रसिंह ऐरी, फुटबलका दिनेश हेम्जन, जुडोकी मनिता श्रेष्ठ प्रधान र बक्सिङकी पुनम रावललाई पछि पार्दै उपाधि जितेका हुन्।

त्यस्तै उत्कृष्ट प्रशिक्षक नेपाली क्रिकेट टिमका मुख्य प्रशिक्षक जगत टमाटा बने । उनले क्रिकेटकै विनोद दाश, फुटबलमा छिरीङ लोप्साङ गुरुङ, बक्सिङका प्रकाश थापामगर र ब्याडमिन्टनका जयन्तकुमार श्रेष्ठलाई पछि पारे । जगतको प्रशिक्षणमा नेपाल विश्वकप छनोटमा आठौ स्थानमा रहेको थियो । यस्तै विश्व क्रिकेट लिग डिभिजन २ मा उपविजेता बनेको थियो ।

यस्तै नेपाललाई डिभिजन टु बाट विश्वकप छनोटमा पुर्याउदा नायक बनेका करण केसीले स्पोर्टस अवार्डमा स्पेसल अवार्ड पाए । नामिवियामा भएको डिभिजन टु मा क्यानडा विरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै नेपाललाई हारबाट बचाउनुका साथै ऐतिहासिक जित दिलाएका करणलाई नेपाल खेलकुद पत्रकार मञ्चले स्पेशल अवार्डबाट सम्मानित गरेको हो । करणको उक्त पारीले नेपाले हारमात्र टारेन विश्वकप छनोटमा पनि स्थान बनाएको थियो ।

पूर्व फुटबलर ‘चाचाजी’ अर्थात अशोक केसीलाई  मञ्चले लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानित गरेको छ । आफ्नो पालामा उनी टुकुचा वारी र पारीबीचको प्रतिस्पर्धाले रंगशालालाई रणसंग्राम बनाउने बेलाका सेलिब्रिटी फुटबलर थिए । फुटबलसँगै क्रिकेटमा पनि अशोकको प्रभाव उत्तिकै थियो । काठमाडौं खेल मण्डलको टोलीबाट उनी ब्याट लिएर क्रिजमा उत्रिँदा होस वा आफ्नो टिमबाट फुटबलको मैदान उत्रिँदा विपक्षीमात्र होइन, समर्थक पनि कायल हुन्थे ।

पारा एथ्लिट तर्फ हृविलचियर बास्केटबल र क्रिकेटका कप्तान हिमाल लम्साललाई दिएको थियो । यस्तै पिपुल्स च्वाइस अवार्ड टेबलटेनिसका नम्बर १ स्यान्टु श्रेष्ठले जिते । क्रकेटका सन्दीप लामिछाने, फुटबलका किरण कुमार लिम्बु र भलिबलका चर्चित खेलाडी मान बहादुर श्रेष्ठलाई पछि पार्दै टेबलटेनिसका स्यान्टुले अवार्ड हात पारे । कुल ३ लाख ४४ हजार ३ सय ८५ भोटमध्ये स्यान्टुले ४१.५१ प्रतिशत मत प्राप्त गरे। त्यस्तै दोस्रो स्थानमा भलिबलका मानबाहादुरले २१.६५ प्रतिशत, तेस्रोमा क्रकेटका सन्दीपको १५.०१, चौथोमा फुटबलका किरणको १३.३२ र पाँचौ स्थानमा गल्फकी प्रतिमा शेर्पाले ८.४५ प्रतिशत मत प्राप्त गरिन ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.