|

काठमाडौं:  नेपालको चालु खातामा घाटा बढेको छ। मुलुक चालु आर्थिक वर्षको नौ महिनामा एक खर्ब ७४ अर्ब रुपैयाँभन्दा बढी घाटामा गएको छ। 

नेपाल राष्ट्र बैंकका अनुसार २०७३ पुसदेखि घाटामा रहँदै आएको चालु खाताले बाह्य क्षेत्र सन्तुलनमा चुनौती थपेको छ। अघिल्लो वर्षको नौ
महिनामा चालु खाता  १० अर्ब ३४ करोड रुपैयाँले घाटामा रहेकोमा समीक्षा अवधिमा सो घाटामा उल्लेख्य विस्तार भई  १७१ अर्ब ६४ करोड पुगेको  राष्ट्र बैंकले जनाएको छ। 

यो अवधिमा आयात उल्लेख्य रहेकाले चालु खाता उच्च घाटा भएको उल्लेख गरिएको छ। अघिल्लो वर्षको नौ महिनामा ५० अर्ब ६० करोड रुपैयाँले बचतमा रहेकोमा अहिले शोधानन्तर पनि घाटामा छ। यो अवधिमा समग्र शोधनान्तर घाटा १४ अर्ब ६० करोड रुपैयाँ पुगेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.