|

सोलुखुम्बु : सगरमाथा आरोहणको आज पाँचौँ दिन १८  आरोहीले सगरमाथाको सफल आरोहण गरेका छन्। विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणमा गएका २ समूहका १८ जनाले शिखरमा पाइला टेक्न सफल भएको नेपाल सरकारका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए। 

बिहीबार आरोहण गर्नेमा ८ जना नेपाली र ८ जना विदेशी नागरिक रहेको सम्पर्क अधिकृत श्रेष्ठले जानकारी दिए। ‘तीन विदेशी र छ नेपालीसहितको टोली पनि शिखरमा गएको हो तर सम्पर्क भएको छैन।’ उनले भने, ‘सञ्चार सेटमा व्याट्री नभएर सम्पर्क नभएको हुनसक्छ सम्भवत उनीहरूले आरोहण सफल गरेका छन्।’
बिहीबारसम्मको रेकर्ड अनुसार १५९ जनाले सगरमाथाको सफल आरोहण गरेका छन्। सबैभन्दा बढी बुधबार एकैदिन ९४ जना आरोहीले सगरमाथाको सफल आरोहण गरेको सम्पर्क अधिकृत श्रेष्ठले जानकारी दिए।

यस वर्षको बसन्त ऋतुमा १५ जना नेपाली महिलासहित ३ सय  ४६ जनाले सगरमाथा आरोहण अनुमति लिएका छन्। 

सोलुखुम्बुका दोर्जीले १५औँ पटक शिखरमा पाइला टेक्न सफल

दोर्जी ग्याल्जेन शेर्पाले १५औँ पटक विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन्। बिहीबार विहान ७ः३० बजे शेर्पाले सगरमाथाको सफल आरोहण गरेको सगरमाथा आधार शिविरबाट एचजी एभरेष्ट एक्सपिडिसन कम्पनीका मेनेजर भीम विश्वकर्माले जानकारी दिए।

सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका ४ निवासी दोर्जीसहित अन्य दर्जनौँ आरोहीले सगरमाथाको सफल आरोहण गरेका छन्। एचजी एभरेष्ट एक्सपिडिसन कम्पनीमार्फत आरोहणमा गएका दोर्जीसँगै फुतेम्बा भोटेले भेषभुषाको पहिचानसहिच तीन पटक आरोहण गरेका छन्। यस्तै, विदेशी नागरिक ट्रान्स सुजना दाक्सीले पनि सोही समयमा अरोहण गरेको बताइएको छ। 

पासाङ हिलाको आठौँ आरोहण

त्यसैगरी, खुम्बु पासङ ल्ह्यामु गाउपालिका ४ का पासङ हिला शेर्पाले पनि आठौँ पटक सगरमाथाको सफल आरोहण गरेको आधारशिविरबाट मेनेजर विश्वकर्माले जानकारी दिए। अहिले अधिकांश आरोही क्याम्प दुई, तीन र चारमा पुगेर शिखर जाने तयारी जुटेका छन्। आरोहण सकेका आरोही भने धमाधम फर्कन थालेका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.