नेकपाको दर्ता नम्बर ५ हजार ६६६, नामको तल धर्को!

|

काठमाडौं : नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच बिहीबार एकता भएर नयाँ पार्टी नेपाल कम्युनिस्ट पारेटी गठन भएको छ। यसलाई उनीहरूले वि. सं. २००६ सालमा पुष्पलालले स्थापना गरेको  नेपाल कम्युनिष्ट पार्टीको पुनर्गठनको परिभाषा दिएका छन्। 

२००६ सालमा स्थापना भएर विभिन्न कालखण्डमा विभाजन भएर अहिले एकता भएको अर्थात् पुनर्गठन गरेको उनीहरूले बताएका छन्।

नयाँ पार्टी नेपाल कम्युनिस्ट पार्टीको मुख्यालयको टुंगो लागेको छ। नेकपाको मुख्यालय अर्थात् केन्द्रीय कार्यालय हालसम्म नेकपा एमालेले केन्द्रीय कार्यालयका रुपमा प्रयोग गर्दै आएको धुम्बाराहीको कार्यालयमा रहने नेकपाका सचिवालय सदस्य ईश्वर पोखरेलले जानकारी दिए। उक्त भवन पासाङ ल्हामु पर्वतारोहण प्रतिष्ठानको स्वामित्वमा रहेको छ। 

साविकको माओवादी केन्द्रको केन्द्रीय कार्यालय जुन पेरिसडाँडामा रहेको छ त्यसलाई भने जनसम्पर्क कार्यालयका रुपमा परिवर्तन गरिने भएको छ। जसमा जनसङ्गठन र जनसम्पर्कका कामहरू भएको नेकपाका केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठले जानकारी दिए।

नेपाल कम्युनिष्ट पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ। जसको दर्ता नम्बर ५ हजार ६६६ रहेको छ। पार्टीको नामको तल धर्को तानिएको छ। नेपाल कम्युनिस्ट पार्टी (अन्डरलाइन) भएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.