|

काठमाडाै‌ं :  एमालेसँग केन्द्रदेखि गाउँ, नगरसम्म करिब दुई अर्बको चलअचल सम्पत्ति छ। बल्खुमा नौ रोपनी एक आना जग्गा छ। त्यस्तै, पाँच अञ्चल र ६५ जिल्ला कमिटीका आफ्नै भवन छन्।

माओवादी केन्द्रको चलअचल सम्पत्तिको यकिन तथ्यांक छैन। तैपनि, करिब एक अर्बको सम्पत्तिको अनुमान छ। पेरिसडाँडामा ६४ आना जग्गामा फैलिएको केन्द्रीय कार्यालयका दुईवटा भवन छन्। त्यहाँको ५६ आना जग्गा अखिल नेपाल ट्रेड युनियनको नाममा छ भन्ने खबर अाजकाे नयाँ पत्रिकाले लेखेकाे छ।

बालुवाटारमा रात्रिभोज : खर्च दुई पार्टीले व्यहोर्नेे

पार्टी एकीकरण भएको खुसियालीमा बिहीबार राति प्रधानमन्त्रीनिवास बालुवाटारमा दीपावली गर्नुका साथै रात्रिभोज दिइएको छ । दुई पार्टीका नेता–कार्यकर्तासहित करिब दुई सयजना भोजमा सहभागी भएको स्रोतले जनाएको छ । प्रधानमन्त्री ओलीका प्रमुख सल्लाहकार विष्णु रिमालका अनुसार भोजको खर्च सरकारी रकमबाट तिरिनेछैन। दुई पार्टीले स्वामित्व लिनेछन्। ‘खर्चको विवरण अहिले भन्न सकिन्न, तर यो खर्च सरकारी ढुकुटीबाट तिरिन्न। दुवै पार्टीले स्वामित्व लिन्छन्,’ उनले भने।

कान्तिपुरमा दुर्गा खनालले इतिहासकै शक्तिशाली कम्युनिष्ट पार्टी भन्दै लेखेका छन्। फरक धारको राजनीतिबाट उदाएका दुई ठूला कम्युनिष्ट पार्टी एमाले र नेकपा माओवादी केन्द्रबीच बिहिबार एकता भएको छ। २००६ सालमा स्थापना भएको कम्युनिष्ट पार्टी २०७५ सालमा आएर सबैभन्द्या शक्तिशाली बनेको छ।  

पार्टी एकता पनि निरन्तरताको क्रमभङ्गता भन्दै गोरखापत्रमा लेखिएको छ, नेकपाका अध्यक्ष  पुष्पकमल दाहालले पार्टी एकताले गुणात्मक छलाङ मारेको बताएका छन्। आफ्नो जीवनकालमा निरन्तरतामा क्रमभङ्ग गर्दै अघि बढेको प्रष्ट पार्दै प्रचण्डले पार्टी एकता पनि त्यसैको क्रमभङ्गता भएको बताएका छन्। 

एकताले सम्पन्नता देओस्  भन्ने खबर अन्नपूर्णमा छ। एमाले र माओवादीबीचको एकताले सार्थकता पाओस भनि विभिन्न दलका नेताहरुले शुभकामना दिएका छन्। कांग्रेस नेता डा शेखर कोइरालाले एकता सुख छ। यसले कांग्रेसलाई पनि संगठनात्मक रुपमा अघि बढ्न बाध्य गराउँछ भनेका छन्। त्यस्तै नेकपा मसाललमाका महामन्त्री मोहनविक्रम सिंहले जनतामा रहेका शंकाआशंकालाई चिदै एमाले माओवादी एकता भएकोमा म हर्षित छु भन्दै शुभकामना दिएका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.