|

काठमाडौं : यातायात मन्त्रालयले विभागका महानिर्देशक रूपनारायण भट्टराईलाई हटाउने तयारी गरेको छ। विभागका अधिकारीहरूका अनुसार मन्त्री रघुवीर महासेठले भट्टराईलाई मन्त्रालयमा तान्ने निर्णय गरिसकेको कान्तिपुर दैनिकले छापेको छ।

कारोबार दैनिकका अनुसार सिन्डिकेटधारी यातायात व्यवसायीबाट प्रभावित भएर मन्त्री महासेठ भट्टराईलाई हटाउने मनस्थितिमा पुगेका हुन्। बुधबार राति नै भट्टराईलाई मन्त्रालयमा तान्ने  निर्णय गरे पनि कर्मचारकीको असहयोगका कारण महासेठले पत्र भने थमाउन सकेका छैनन्।

गत चैतमा यातायात व्यवस्थापम कार्यविधि निर्देशिका संशोधनसहित अन्य नौ नयाँ कार्यविधि बनाई यातायात क्षेत्रको सुधारमा महानिर्देशक भट्टराई सक्रिय थिए। प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय तथा भौतिक मन्त्रालयको साथ रहे पनि मन्त्री महासेठ भने सुरुदेखि नै उनीसँग सशंकित थिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.