|

सोलुखुम्बु : प्रदेश–१ का संघीय मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले असार महिनाभित्र प्रदेशको नाम र स्थायी राजधानीको टुंगो लाग्ने बताएका छन्। सल्लेरीमा वर्तमान सन्दर्भमा स्थानीय सरकार र पार्टीबीच अन्तरसम्बन्ध विषयक प्रशिक्षण कार्यक्रममा सोलुखुम्बु आएका मन्त्री कार्कीले सञ्चारकर्मीसँग कुरा गर्दै सबैको सहमति हुने गरी प्रदेश नाम र राजधानी टुंग्याउने गरी गृहकार्य गरिरहेको बताए।

उनले प्रदेशको नाम सगरमाथा रहने अलि बढी सम्भावना भएको संकेत गरेका छन्। उनले भने, ‘विश्वले चिनेको सगरमाथामा सबैको सहमति हुन्छ, कोसी प्रदेश अन्य पहिचानको पनि कुरा आइरहेको छ त्यो मिलिहाल्छ।’ मन्त्री कार्कीले भने, ‘राजधानीको विषयमा विराटनगर, इटहरी, धरान र धनकुटाको चर्चा चलिरहेको छ, उनले भने, ‘मैले यही ठाउँमा हुन्छ भन्नु त मिल्दैन, तर पनि सबै क्षेत्रलाई समेट्ने गरी निर्धारण गरिन्छ।’

बिहीबार सल्लेरीमा सञ्चारकर्मीसँग कुरा गर्दैै मन्त्री कार्कीले बजेट अभावमा प्रदेशको विकास नरोकिने दाबी गरे। प्रदेशमा आम्दानीको थुप्रै स्रोतहरु भएकाले त्यसको अधिकतम प्रयोग गरेर समृद्ध प्रदेश बनाउँछौँ, उनले भने, ‘हामीसँग विश्वको सर्वोच्च शिखर सगरमाथासहित दर्जनौँ हिमालदेखि देशकै ठूलो नदी शप्तकोसीसमेत छ।’

मन्त्री कार्कीले भने, ‘प्रदेश सरकारले अहिले यिनीहरुको बढीभन्दा बढी कसरी प्रयोग गर्ने सोचिरहेको छ।’ अन्य प्रदेशको तुलनामा आपूmहरु हरेक कुराले अगाडि रहेको दाबी गर्दै भने, ‘हामीले अहिलेसम्म प्रदेशलाई आवश्यक पर्ने ११ वटा कानुन निर्माण गरिसक्यौँ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.