|

काठमाडौं : नेकपा माओवादी केन्द्रका राष्ट्रिय भेला आयोजक समिति संयोजक गोपाल किरातीले पार्टीबाट पुष्पकमल दाहाल प्रचण्डको विदाई र वैचारिक राजनीतिक रूपले दाहसंस्कार गरिएको बताएका छन्।

अध्यक्ष प्रचण्ड एमाले र माओवादीको एकता प्रक्रियामा लागेदेखि नै माओवादी पुनर्गठन अभियानमा लागेका किरातीले प्रचण्डलाई माओवादीबाट विदाई गरिएको बताएका हुन्। उनले भने,'एमालेकरण हुन जानुभएका साथीहरूसँगै प्रचण्डलाई विदाईसँगै वैचारिक राजनीतिक रूपमा दाहसंस्कार पनि हामीले गरेका हौँ।'

शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै किरातीले प्रचण्डलगायत एकता प्रक्रियामा गएका नेताहरू वैचारिक हिसाबले स्खलित भएको जिकिर गरे। उनले भने,' पुँजिवादी गणतन्त्र स्थापनासम्म सकारात्मक भूमि खेलेका प्रचण्ड समूह हाल आएर मार्क्सवाद-लेनिनवाद-माओवादको विचार, बल प्रयोग सिद्धान्तमा आरितत राजनीतिक कार्यदिशा र पहिचानको मुद्दा परित्याग गरी नव-प्रतिक्रियावादी कित्तामा पलायन भएको छ।'

एमाले र माओवादीबीच निर्वाचनमा गठबन्धन गर्दादेखि नै आफूले विरोध गर्दै आएको भन्दै अन्तत: प्रचण्ड एमालेमा विलय भएको उनले दाबी गरे। उनले अब आफू माओवादी पुनर्गठन गर्नतर्फ लाग्ने बताए।

अहिलेसम्म १२ जिल्लामा जिल्ला समन्वयन समित र २२ जिल्लामा सम्पर्क समिति गठन गरेको बताए। यस्तै राष्ट्रिय बेलाका लागि ३३ सदस्यीय सम्मेलन आयोजक समितिसमेत गठन भएको उनको भनाई थियो। उनले विचार, भावना, इतिहासको एकीकृत निरन्तरताका लागि माओवादी केन्द्र पुगर्ठन गरेको स्पष्ट पारे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.