|

काठमाडौं: दोस्रो बजारको शेयर कारोवार गर्ने लगानीकर्ताहरूले  शेयर खरिदमा ऋण लिन पाउँने सुविधा पाएका छन्। नेपाल धितोपत्र बोर्डले मार्जिन ट्रेडिङको कार्यविधि पारित गरेसँगै यो सुविधा लगानीकर्ताले यस्तो सुविधा पाएका हुन्। 

बोर्डका अनुसार बिहीबार बसेको सञ्‍चालक सिमितिको बैठकले यस्तो कार्यविधि पारित गरेका हुन्। एक वर्षदेखि बोर्डले यो कार्यविधिको लागि प्रयास गरे तापनि बिहीबार पारित गर्न शफल भएको हो।

अब दोस्रो बजारको कारोबार गर्ने शेयर लगानीकर्ताहरूले धितोपत्र व्यवसायीहरूबाट ऋण लिएर लगानी विस्तार गर्न पाउँनेछन्। यो कार्यविधि पारित भएसँगै नेपालको शेयर बजारमा अर्को अध्याय थपिएको नेपाल धितो पत्र बोर्डले जनाएको छ। बोर्डका अनुसार  दक्षिण एसियाका कतिपय मुलुकहरुमासमेत कार्यान्वयनमा  नअाएको अवस्थामा नेपालमा यो कार्यविधिबाट लगानीमा सहज गरिएको हो। 

बोर्डले  यो सुविधावाट दोस्रो बजारको तरलतामा अभिबृद्धि हुने, लगानीकर्ताहरुलाई शेयर खरिद विक्री गर्न थप सहज हुने तथा धितोपत्र व्यवसायको दायरा समेत फराकिलो हुने बताएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.