|

चितवन : पूर्वी चितवनको खैरेनी नगरपालिका वडा नम्बर ९ मा बर्डफ्लु भेटिएको छ।

राजन चौधरी र लक्ष्मण चौधरीले पालेका लेयर्स कुखुरामा बर्डफ्लु भेटिएको हो। राजनको खोरका १५ सय र लक्ष्मणको खोरका १ हजार कुखुरा मरेका थिए।

उनीहरूले पालेका लेयर्स कुखुरा चैत महिनादेखि मर्न थालेका थिए। वैशाखसम्म उक्त संख्यामा कुखुरा मरेपछि बर्डफ्लु हो कि होइन भनेर राष्ट्रिय पंक्षीरोग अन्वेषण प्रयोगशालाले परीक्षण गरेको थियो।

केन्द्रीय प्रयोगशालामा समेत परीक्षण गर्दा वैशाख ३० गते उक्त क्षेत्रमा बर्डफ्लूको संक्रमण रहेको प्रमाणित भएको हो प्रयोगशालाका प्रमुख दयाराम चापागाईँले जानकारी दिए।

शुक्रबार चितवनका प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा बसेको बैठकले उक्त क्षेत्रमा रहेका कुखुरा तथा हाँस लगायतका पंक्षी नष्ट गरेको छ। कुखुराको सूली पनि नष्ट गरिएको छ।

बर्डफ्लुको संक्रमण थप नफैलियोस् भनेर सचेतना अपनाइएको छ।

सम्बन्धित समाचारः

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.