|

काठमाडौैं :  कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणी खनालले  सरकारले दुध वितरण आयोजना (डिडिसी) विराटनगरले स्तरोन्नती नगरे सोच्न बाध्य हुने चेतावनी दिएको छन्। राज्यमन्त्री रामकुमारी चौधरी, सचिव युवकध्वज जिसीसहित अनुगमनमा गएका मन्त्री चक्रपाणी खनाल बलदेवले त्यसविरुद्ध सोध्न बाध्य हुने चेतावनी दिएका हुन्। 

सरकारले आगामी दुई वर्षभित्र दुधमा आत्मनिर्भर हुने गरी कार्ययोजना बनाए पनि डिडिसीको उत्पादन त्यसअनुसार नरहेको उनले बताए। डिडिसी प्रविधिमा निक्कै पुरानो रहेको, व्यवस्थित हुन नसकेको भन्दै त्यसले अहिलेको मागलाई थेग्न नसक्ने उनले बताए। ‘जनताको जीवनस्तर जहाँ पुगेको छ, त्यसलाई हेर्दा धेरै सुधार गर्नु पर्ने देखिएको छ, मन्त्री खनालले भने।

सँधै घाटामा संचालन गर्ने भए बन्द गर्नु पर्ने होइन भने आन्तरिक समस्या समाधान गरेर अघि बढ्नुको बिकल्प नरहेको खनालको भनाई छ। दुधमा आत्मनिर्भर हुन सक्ने सम्भावना हुँदाहुँदै पनि बाहिरबाट ठूलो मात्रामा दुध आयत भइरहेको भन्दै उहाँले दुध उत्पादनका लागि राम्रो प्लान्ट जरुरी रहेको बताए।

मन्त्री खनालले प्रतिष्पर्धात्मक समयमा पनि आयोजना पुराना प्रविधिमा भर परिरहेको बताए। उनले आधुनिक र नयाँ प्रविधिसहित दुध उत्पादनलाई आत्मनिर्भर बनाउने तर्फ मन्त्रालयले छलफल गरिरहेको जानकारी दिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.