|

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीको अध्यक्ष भएसँगै पुष्पकमल दाहाल 'प्रचण्ड'लगायतका नेता तत्कालीन एमाले पार्टी कार्यालय धुम्बाराहीमा प्रवेश गरेका छन्। शुक्रबार धुम्बाराहीमा पुष्प गुच्छासहित प्रचण्ड लगायतका नेतालाई स्वागत गरिएको हो। 

कम्प्युनिस्ट पार्टीको मुख्यालय (साविकको एमाले पार्टी) कार्यालयमा बनाइएपछि पुरानै बोर्डमा हसियाँ हथौडा हटाइएको छ। त्यस्तै  पुरानै बोर्डमा रहेको एमाले मात्रै हटाएको छ। 

धुम्बाराही प्रचण्डलगायतका नेतालाई प्रधानमन्त्री तथा अध्यक्ष ओलीले स्वागत गरेका थिए। धुम्बाराहीमा ओलीले -प्रचण्डलाई 'नयाँ कमरेडलाई स्वागत छ' भने थिए। 

त्यस्तै ओलीलाई भने महासचिव विष्णु पौडेले स्वागत गरेका थिए।  साथमा वरिष्ठ नेता माधवकुमार नेपाल, महासचिव विष्णु पौडेल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, सचिवालय सदस्य रामबहादुर थापा सहभागी छन्। ओली र प्रचण्डसँगै आएपनि ओली अगाडि गेटमा उभिएर प्रचण्डलाई स्वागत गरेका हुन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.