|

ओखलढुंगा : नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य किरणले एमाले र माओवादी मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टी एकताबाट बनेको नभई माओवादी एमालेमा विलय भएको टिप्पणी गरेका छन्। प्रदेश १ स्तरीय युवा प्रशिक्षण कार्यक्रममा सहभागी हुन ओखलढुंगा आएका वैद्यले शुक्रबार यो एकता नभएर दक्षिणपन्थी अवसरवादी धारका पार्टीहरूकाे मिलन मात्र भएको टिप्पणी गरेका छन्।  

शुक्रबार नेकपा क्रान्तिकारी माओवादी जिल्ला समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव वैद्यले दुई पार्टीको एकीकरणबाट नेकपा बनेको नभई माओवादीको एमालेमा विलय भएको बताए। नेपालमा संसोधानवादी र अवसरवादी धारको एकीकरण भएकाले अब क्रान्तिकारी कम्युनिस्टहरूको धुव्रीकरणमा नयाँ जनवादी धारको विकास गर्दै जनवादी क्रान्तिमा जाने आफ्नो कार्यदिशा रहेको वैद्यले प्रष्ट पारे। 

नयाँ जानवादी क्रान्तिका माध्यमबाट मुलुकमा समाजवाद हुँदै साम्यवाद स्थापना गर्ने बाटोमा अघि बढ्न दक्षिणपन्थी अवसरवादविरुद्धमा अाफूले अझै संघर्ष गर्ने पनि वैद्यले बताए। यसका लागि विप्लव र मोहनविक्रम सिंहसँग एकताका लागि छलफल भइरहेको क्रान्तिकारी माअोवादीले जनाएको छ।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.