|

कालीकोट कर्णाली प्रदेशका हुम्ला, जुम्ला, कालीकोट, डोल्पा, मुगु, दैलेखलगायतका जिल्लाका २७ डिपोमा ९२ हजार क्विन्टल चामलको माग रहेको नेपाल खाद्य संस्थान सुर्खेतका क्षेत्रीय कार्यालयले जनाएको छ।

चालू आर्थिक वर्षमा हुम्ला, जुम्ला, कालीकोट, मुगु र दैलेख जिल्लाका २७ वटा डिपोले ९२ हजार क्विन्टल चामल माग गरेको नेपाल खाद्य संस्थान सुर्खेतका क्षेत्रीय प्रमुख भीमबहादुर थापाले बताए। ‘संस्थानले २०७४ /०७५ मा स्वीकृत कोटा ४२ हजार ४० क्विन्टलमा ४१ हजार १४२ क्विन्टल चामल २७ वटा डिपोमा चामल पठाएको छ’, उनले भने, ‘गत आर्थिक वर्षको तुलनामा यो वर्ष नेपाल खाद्य संस्थानको स्वीकृत कोटा कम देखिएको पाइएको छ।’

गत आर्थिक वर्ष २०७३/०७४ मा खाद्य संस्थानबाट ६५ हजार २९७ क्विन्टल चामल सुर्खेतबाट कर्णाली प्रदेशका २७ वटा डिपोमा वितरण भएको संस्थानको क्षेत्रीय कार्यालयले जनाएको छ। यस आर्थिक वर्षमा जुम्लामा लागि चार हजार ३६४ क्विन्टल ८५ किलो, डोल्पामा चार हजार ७९४ क्विन्टल ८०, कालीकोटमा पाँच हजार ४९ क्विन्टल ८० किलो, दैलेखमा ५४१ क्विन्टल २० किलो, बाजुराको कवाडी बिक्री केन्द्रमा दुई हजार ९७८ क्विन्टल १० किलो, हुम्लामा ११ हजार ८१७ क्विन्टल १५ केजी र मुगुमा आठ हजार ५२ क्विन्टल पाँच किलो पठाएको संस्थानले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.