|

काठमाडौं : नवगठित नेपाल कम्यनिस्ट पार्टी (नेकपा)का अध्यक्ष द्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले पद बहाली गरेका छन्। शुक्रबार साँझ दुबै अध्यक्षले पार्टीको केन्दीय कार्यालय पेरिस डाँडामा सयुक्त रूपमा पद बहाली गरेका हुन्।

नेकपा कम्युनिस्टका अध्यक्ष भएसँगै शुक्रबार दिउँसो पुष्पकमल दाहाल प्रचण्डलगायतका नेता मुख्याल धुम्बाराहीमा प्रवेश गरेका थिए। प्रचण्डलगायतका नेतालार्इ धुम्बारहीमा अर्का अध्यक्ष केपी शर्मा ओलीलगायतका नेताले पुष्प गुच्छासहित स्वागत गरेका थिए। 

ओलीले प्रचण्डलार्इ 'नयाँ कमरेड स्वागत छ' भन्दै मुख्यालयमा प्रवेश गराएका थिए। स्वागत कार्यक्रममा वरिष्ठ नेता माधवकुमार नेपाल, महासचिव विष्णु पौडेल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, सचिवालय सदस्य रामबहादुर थापा सहभागी थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.