|
फाइल फोटो

झापा (भद्रपुर) : झापा बिर्तामोडका सुनचाँदी व्यवसायी साजन मुखियाको हत्यामा संलग्न छजना अभियुक्तलाई शुक्रवार झापा कारागार चलान गरिएको छ। 

बिर्तामोड नगरपालिका–५ स्थितमा राधे ऋद्धिशिद्धि ज्वेलर्स संचालक पारसकुमार देव, बिर्तामोड नगरपालिका ३ घर भई सोही पसलमा म्यानेजरको रुपमा कार्यरत प्रकाश भन्ने चिरञ्जिवी ओली, सोही ठाउँका दीपेश पौडेल, राजेशराज भन्ने राहुल साह र सुजन चौधरीलाई झापा जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए।

साथै सोही मुद्दामा संलग्न भएका पिसिजी ज्वेलर्सका सञ्चालक प्रमोद विश्वकर्मालाई अदालतले नगद १८ लाख ५० हजार २३० रुपैयाँ धरौटी तिर्न नसक्दा उनलाई पनि कारागार चलान गरिएको उनले बताए। प्रहरीले बिर्तामोड नगरपालिका ५ निवासी देवा ज्वेलर्सका संचालक २५ वर्षीय मुखियालाई हत्या गरेका अभियुक्तहरू माथि संगठित रुपमा मानव अपहरण गरी शरिर बन्धक लिई खुन डाका मुद्दामा लगाएको थियो।  

गत फागुन २० गते श्रीमतीलाई बजार जान्छु भनि हिडेका साजनलाई साथी देवले सुन किन्ने वहानामा उनकै बिर्तामोड–५ तमु टोलमा रहेको खाली घरमा बोलाएर प्लाष्टिकको डोरी घाटीमा लगाएर हत्या गरेका थिए। हत्यापछि उनीहरूले सुनको ढिक्का, सुनका गहरगहना र नगद समेत लुटेका थिए।  

उनीहरूले जुटको बोरामा लासलाई हालेर सोही दिन भारतीय नम्वर प्लेटको गाडीमा राखेर शनिश्चरे रोड हुँदै सिधै वुधवारेबाट इलाम गएका थिए। इलाम पुगेर उनीहरुले गाडीबाट लासलाई निकालेर इलामको रोङ गाउँपालिका ३ मा रहेको ठाडो भीरबाट फालेका थिए। उनको शव ९ दिनपछि अर्थात फागुन २८ गते बोराभित्र कुहिएको अवस्थामा फेला परेको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.