|

काठमाडौं : नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण भएसँगै नवगठित पार्टी नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड आज शुक्रबार दिनभरजसो व्यस्त रहे। शुक्रबार दिउँसो प्रधानमन्त्रीसमेत रहेका नेकपाका अध्यक्ष ओलीले अर्का अध्यक्ष प्रचण्डलाई धुम्बाराहीस्थित साविकको एमालेको पार्टी कार्यालयमा स्वागत गरे। ओलीले प्रचण्डको हातमा पुष्पगुच्छा हस्तान्तरण गर्दै स्वागत गरेका थिए।

त्यसलगत्तै उनीहरू पार्टी कार्यालय धुम्बाराही र पेरिसडाँडाको अवलोकनमा व्यस्त भएका थिए। अवलोकनपछि पेरिसडाँडास्थित पार्टीको केन्द्रीय कार्यालयमा अध्यक्षद्वयले पद बहाली गरेका थिए।

हेर्नुहोस् फोटोमा अध्यक्षद्वयको आजको व्यस्तता :

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.