|

काठमाडौं : एक हप्ताअघि प्रहरी नायव महानिरीक्षक (डिआईजी) र वरीष्ठ प्रहरी उपरीक्षक (एसएसपी) मा बढुवा भएका नेपाल प्रहरीका अधिकृतहरूको दर्ज्यानी चिह्न प्रदानसँगै सरुवा भएको छ। गृह मन्त्रालयले  शुक्रबार बढुवा भएका डिआईजीहरूलाई प्रदेश इन्चार्जमा पठाएको छ। यसअघि प्रदेश प्रमुखमा अतिरिक्त महानिरीक्षक (एआइजी) रहेका स्थानमा डिआइजीलाई प्रमुख बनाएर सरुवा गरिएको छ।

जसअनुसार प्रदेश १ मा केदार रिजाल, प्रदेश २ मा दिनेश अमात्य, प्रदेश ३ मा दीपककुमार थापा, प्रदेश ४ मा दानसिंह बोहोरा, प्रदेश ५ मा शेरबहादुर बस्नेत, कर्णाली प्रदेशमा सुरेशविक्रम शाह र प्रदेश ७ मा शरद चन्दलाई पठाइएको छ।

त्यस्तै, कार्यविभागमा छविलाल जोशी, मानव स्रोत विकास विभागमा ज्ञानविक्रम शाह तथा अपराध अनुसन्धान विभागमा धिरु बस्नेतलाई पठाइएको छ। सिआईबीको जिम्मेवारी नारायणसिंह खड्कालाई दिइएको छ।

सिआइबीका डिआईजी पुष्कर कार्कीलाई प्रहरी एकेडेमी पठाइएको छ भने मेट्रोमा मनोज नेउपानेको सरुवा गरिएको छ। बढुवा भएका एसएसपीहरूको पनि पदस्थापन गरी केहीको सरुवा गरिएको छ। विशेष ब्यूरोमा पिताम्बर अधिकारी र विमानस्थलमा कमल जिटीको सरुवा भएको छ। यस अघि विमानस्थलको प्रमुखमा डिआइजीको दरबन्दी रहेकोमा एसएसपी प्रेम चन्द प्रमुख थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.