|

काठमाडौं : सरकारको निर्णयपछि अहिले वैदेशिक रोजगारीका लागि मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण रोकिएको छ। 

श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सरकारीसहित सबै स्वास्थ्य संस्थामा स्वास्थ्य परीक्षण गराउन पाउने व्यवस्था गर्ने निर्णय गरेपछि व्यवसायीले शुक्रबारदेखि बायोमेट्रिक स्वास्थ्य परीक्षण कार्य बन्द गरेको खबर आजको राजधानी दैनिकमा छ। 

नेपाल कम्युनिस्ट पार्टीको राज्य संयन्त्रमा पनि दरिलो पकड भन्दै नागरिक दैनिकले लेखेकाे छ, नेकपा एमाले र नेकपा माओवादी केन्द्र एकीकरणपछि बनेको नेपाल कम्युनिस्ट पार्टी नेकपा को राज्य संयन्त्रमा बलियो पकड कायम भएको छ।

यी दुई दलबीच बिहीबार एकता भएको थियो । एकीकरणपछि बनेको नेकपासँग ५६.०६ प्रतिशत जनमत छ। राज्यका तीनै तह संघ, प्रदेश र स्थानीय मा गरी यो पार्टीका २० हजार ४ सय ४१ जनप्रतिनिधि रहेको निर्वाचन आयोगको प्रतिवेदनले देखाएको छ।

दुई दलबीचको एकतापछि नेपालको राजनीतिक इतिहासमा उल्लेख्य जनमत प्राप्त यो दलको नेतृत्व केपी शर्मा ओली र पुष्पकमल दाहालले गरेका छन। ओली संघीय सरकारका प्रधानमन्त्री पनि हुन् । उनले नेपाल कम्युनिस्ट पार्टीको एकमना सरकारको नेतृत्व गरेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.