|

काठमाडौं : नवगठित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) शनिबार छापिएका दैनिक पत्रपत्रिकाका लागि मुख्य समाचार बनेको छ। ती पत्रपत्रिकामध्ये केहीले नेकपाको शुक्रबारका गतिविधिलाई प्राथमिकता दिएका छन् भने केहीमा उक्त पार्टी किन स्थापना भयो? आगामी दिन कस्तो रहला भन्ने विश्लेषण छ। 

कान्तिपुर दैनिकले एमाले र माओवादी केन्द्रको एकतालाई विश्लेषण गरेको छ। उसले एकतालाई सामान्य दृष्टिले हेर्दा दुई वामपन्थी दलहरुबीचको मिलन मात्र भएपनि यो सामान्य घटनामा मात्र नभएको उल्लेख गरेको छ। यस घटनाले नेपाली राजनीतिलाई वाम र गैरवाम ध्रुवमा कित्ताकाट गरेको बताएको छ। यसका साथै यस ध्रुवीकरणले राष्ट्रिय राजनीतिलाई मात्र होइन, यहाँको भूराजनीतिलाई समेत नयाँ शिराबाट आकर्षित गर्न सक्ने आँकलन गरेको छ। पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डले आफ्नो पार्टीलाई बिसर्जन गर्दै किन नयाँ पार्टी स्थापना गरे? यसका पछाडि उनीहरुको आ–आफ्नै हेराइ, बुझाइ र बाध्यताहरू भएको इंगित गरेको छ।

नेकपाका नेता तथा कार्यकर्ताको गतिविधिलाई राजधानी दैनिकले समेटेको छ। उसले शुक्रबार अध्यक्षद्वयको गतिविधिलाई मुख्य समाचार बनाएको छ। अध्यक्ष ओली पहिलोपटक तत्कालीन नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडा र अध्यक्ष प्रचण्ड तत्कालीन एमालेको मुख्यालय धुम्बाराही पुगेको प्रसंगलाई समेटेको छ। यस्तै, नेकपाका नेता तथा कार्याकर्ताको शुभकामना आदानप्रदानलाई पनि समाचारमा समेटिएको छ। नेपाल समाचारपत्रले पनि अध्यक्षको गतिविधिलाई मुख्य समाचार बनाएको छ। अध्यक्ष अाेलीले माअोवादी जनयुद्धका शहीदलाई श्रद्धाञ्जली दिएको र जनयुद्ध स्मारकमा माल्यार्पण गरेको समाचार बनाएको छ।

गाेरखापत्र दैनिकले नेकपाका संगठनात्मक पक्षलाई मुख्य समाचार बनाएको छ। उसले नवगठित नेकपाकाे केन्द्रीय कमिटी एक साताभित्र पूर्णता पाउने उल्लेख गरेको छ। त्यसैगरी तीन महिनाभित्र पार्टीका जनवर्गीय संगठन र अान्तरिक कामको व्यवस्थापन गरिसक्ने तयारीमा जुटेको समाचार छापेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.