|

उदयपुर :  पाचौंँ उदयपुर गोल्डपकको उपाधिका लागि थ्रिस्टार र मनाङ मस्याँङ्दी भिड्ने भएका छन। 

बैशाख २९ गतेदेखि उदयपुरको सदरमुकाम गाईघाटस्थित थरुहट रङशालामा आयोजित पाँचौ संस्करणअन्र्तगतको उदयपुर गोल्डकपको फाईनल खेलमा शनिबार भिड्ने भएका हुन। दोस्रो र तेश्रो उदयपुर गोल्डकप विजेता रुसलान थ्रिटार क्लव ललितपुर र मनाङमस्र्याङदी क्लव काठमाडांँ उपाधि चुम्ने दाऊ छन्। थ्रिस्टार विगतको इतिहासलाई कायम राख्ने रणनीतिकासाथ मैदानमा उत्रिदैछ भने मनाङ जसरी नै थ्रिस्टारलाई रोकेर उपाधि हात पार्ने दाऊमा छ। चौथो कटारी मेयर गोल्डकप विजेता झापा ११ लाई १–० ले हराउँदै थ्रिस्टार र मनाङमस्र्याङदी सुनसरी ११ लाई ट्राइवेकरमा ३–२ को गोल अन्तरले हराउँदै थ्रिस्टारसँग खेल्ने बाटो तय गरेको थियो।

यस्तो छ, दुवै टिमको विगत

चार महिनामा ६ वटा गोल्डकपमा च्याम्पियन बनेको थ्रीस्टार मनाङलाई हराउने उच्च मनोवलका साथसाथ मैदानमा आउँदैछ। दुवै टिमले सहभागी भएको गोल्डकप प्रतियोगिताका एक दर्जन खेलमध्ये थ्रिस्टारले मनाङसँग ६ वटा खेल खेल्न अवसर पाएकोमा सबै खेलमा मनाङलाई पराजित गरेको थ्रिस्टारका प्रशिक्षक मेघराज केसीले बताए। ‘दुवै टिम उत्तिकै सक्षम र मजवुत छन्,’ उनले भने, ‘खेल्ने खेलाडी र हेर्ने दर्शका लागि यो एउटा अवसर हो।’
    
उपाधि हात पार्नको लागि दुवै टिमले ३÷३ जना विदेशी खेलाडी मैदानमा उत्रार्ने भएका छन्।    यद्यपी थ्रीस्टारलाई जित निकाल्न भने त्यति सहज छैन्। यता थ्रिस्टारसँग खेलेका ६ खेल मध्ये ६ वटै खेलमा पराजित रहेको मनाङले भने यसपटक बाजी मार्नकै इज्जतका लागि पनि उपाधि हात पार्नै पर्ने बाध्यता छ। मनाङका प्रशिक्षक फोजु टोपाले उपाधि रक्षाका लागि तयारी रहेको जानकारी दिए। ‘विगतलाई हेरेर यसपटक उपयुक्त रणनीति तयार गरिएको छ,’ उनले भने, ‘थ्रिस्टार पनि निकै वलियो टिम रहेकाले बराबरी खेल खेल्दै जित निकाल्नेमा विश्वस्त छु।’

मनाङका टिम म्यानेजर विजय घलेले यस अघिका कमि कमजोरीलाई सुधार गर्दै अघि बढ्ने बताए। प्रतियोगितामा विजेता टिमले पाँच लाखसहित शिल्ड र उपविजेताले तीन लाखरुपैयाँ नगद राशिको पुरस्कार प्राप्त गर्ने छन्। त्यसैगरी उत्कृष्ट गोलरक्षक, मिड फिल्डर, डिफेन्स, फरवार्ड र सर्वाधिक गोलकर्ता सबैलाई १०-१० हजार रुपैयाँ राशिको पुरस्कार प्रदान गरिने आयोजक समितिका कोषाध्यक्ष प्रदिप श्रेष्ठले जानकारी दिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.