|

क्युबाको राजधानी हवानामा भएको विमान दुर्घटनामा १ सय जनाभन्दा बढीको मृत्यु भएको छ।

क्युवाको सरकारी विमान सेवा कम्पनीको बोइङ विमान हवानाको होजे मार्टी अन्तर्रा्ष्ट्रिय विमानस्थल नजिकै दुर्घटना भएको अन्तर्राष्ट्रिय समाचारसंस्था बीबीसीले उल्लेख गरेको छ। 

प्रत्यक्षदर्शीहरुका अनुसार उड्ने वित्तिकै विमानमा समस्या उत्पन्न भएको थियो र विमानस्थल नजिकैको खेतमा जोतिन पुगेको थियो। त्यसपछि विमानमा आगो लागेको बताइएको छ। विमानमा चालक दलका सदस्यसहित १ सय १० जना थिए। दुर्घटनामा घाइते भएका तीन जनाको उद्दार गरिएको छ। उनीहरुको अवस्था गम्भीर रहेको बताइएको छ।

क्युबाकै पूर्वी क्षेत्रमा अर्को शहर होलुगुइनका लागि उडेको बोइङ ७३७ विमानमा रहेका अधिकांश यात्रु क्युबाकै नागरिक हुन्। यात्रु मध्ये पाँच जना भने विदेशी रहेको अधिकारीहरुले जनाएका छन्।चालक दलका ६ सदस्य भने मेक्सिकोका भएको बताइएको छ। क्युबाको एयरलाइन्सले दुर्घटनामा परेको विमान मेक्सिकोको कम्पनीसँग भाडामा लिएर सञ्चालन गरिरहेको थियो।

क्यूबाली राष्ट्रपति मिगेल डियाज दुर्घटनास्थल पुगेर दुर्घटनाको छानबिन गर्न आदेश दिएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.