|

गुल्मी : तम्घासस्थित रेसुङ्गा माध्यमिक विद्यालयकी शिक्षिकाको कुटाइबाट एक विद्यार्थीको दाँत भाँचिएको छ। जिल्ला सदरमुकाम रहेको उक्त विद्यालयको कक्षा पाँचमा पढ्ने अनमोल जिसी दाँत भाँचिएको हो।

बिहीबार शिक्षिका रमा पाण्डेयले कुट्दा दाँत भाँचिएको हो। विद्यालयबाट फर्किंदा रुदै घर आएका अनमोलले शिक्षिकाको कुट्दा दाँत भाँचिएको अभिभावकलाई बताएपछि घटना खुलेको हो। उनको तम्घासमा उपचार भइरहेको छ।

कक्षामा हल्ला गरेको भन्दै शिक्षिका पाण्डेयले विद्यार्थीहरूलाई लाठ्ठीले हान्ने क्रममा दाँतमा लागेर भाँचिएको अनमोलले बताएका उनको अभिभावक मीना जिसीले बताइन्।

घटनबारे विद्यालयका प्रधानाध्यापक प्रेम भण्डारीले शिक्षिकाबाट केही गल्ती भएको बताएका छन्। उनले घटना थाहा पाउन साथ शिक्षिकालाई सोधपुछ गर्दा गल्ती भएको थाहा पाइएको बताए। उनले घाइते बालकको तत्कालै उपचार गर्न अभिभावकलाई आग्रह गरेको र बाँकी अन्य विषयमा पछि छलफल गर्ने सल्लाह भएको बताए। उक्त विद्यालयमा केही वर्षअघि शिक्षकको कुटाइबाट एक विद्यार्थीको कानको जाली फुटेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.