|

च्याम्पियन्स लिगको फाइनलमा पुगेको रियल म्याड्रिडले आफ्ना स्टार स्ट्राइकर क्रिश्टियानो रोनाल्डोलाई लिभरपुल विरुद्ध मैदानमा उतार्ने स्पष्ट पारेको छ। प्रशिक्षक  जिदानले रोनाल्डो फाइनलका लागि फिट हुने बताएका हुन्।

३३ वर्षिय रोनाल्डो एल क्लासिको भिडन्तका दौरान गोलिगाँठोमा चोट बोक्न पुगे यता मैदानमा देखिएका छैनन्। जसले गर्दा धेरैले उनले च्याम्पियन्स लिग फाइनल गुमाउन सक्ने आँकलन गर्दे आएका छन्। २६ मेमा रियल म्यड्रिड लगातार तेस्रो पटक युरोपको प्रतिष्ठित च्याम्पियनस लिगको फाइनलका लागि प्रतिस्पर्धा गर्ने छ। ‘अहिले उनी १ सय २० प्रतिशत फिट छन्। अब कुनै चिन्ता छैन्।’ जिदानले भने।

रोनाल्डो विश्वकप टिमका लागि पोर्चुगलको कप्तान समेत हुन्। पोर्चुगल टिमले उनका लागि महत्वपुर्ण अपेक्षा समेत गरेको छ। उनी च्याम्पियन्स लिग पछि राष्ट्रिय टिमको अभ्यासमा सहभागित हुने छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.