|

दार्चुला : गत वर्षको तुलनामा चालु आर्थिक वर्षमा जबरजस्ती करणीको घटना दोब्बर भएको छ। जिल्ला प्रहरी कार्यालयको तथ्यांक अनुसार चालु आर्थि वर्षमा छ वटा जबरजस्ती करणीको मुद्दा दर्ता भएको छ। गत आर्थिक वर्षमा तीन वटा मुद्दा मात्र दर्ता भएको थियो। आर्थिक वर्ष ०७१÷७२ चार मुद्दा दायर भएको थियो।

जिल्ला प्रहरी कार्यालयका डीएसपी जनकबहादुर शाहीका अनुसार चालु आर्थिक वर्षमा जबरजस्ती करणीका दुई र जरबजस्ती करणी उद्योगसम्बन्धी चार मुद्दा गरी छ मुद्दा दर्ता भएका छन्। यो संख्या गत वर्षका तुलनामा दोब्बर हो।

किन बढ्दैछ घटना ?

आम नागरिकका यस्ता घटनाविरुद्ध बोल्नुपर्छ भन्ने चेतना बढ्दै गएका कारण यस्ता मुद्दाहरू प्रहरीसम्म आउन थालेको प्रहरी निरीक्षक रबिन्द्र कठायतले बताए। बिगतमा जबरजस्ती करणीका घटनालाई लोकलाजका कारण गाउँघर मै मिलाउने गरिएको थियो। तर, पछिल्लो समय यस्तो अपराध गर्नेलाई कानुनी कारबाही गर्नुपर्छ चेतना बढेकाले प्रहरीमा यस्ता मुद्दाहरु बढ्दै गएको अधिकारका क्षेत्रमा कार्यरत धार्मा धामीले बताए।

नागरिकसँग प्रहरीले गरेको जनचेतनामुलक कार्यक्रमह र अपराधीलाई मिलोमतोमा उम्कन नदिई कानुनी कारबाही गर्नुपर्छ भन्ने चेतना वृद्धि भएका यस्ता घटना प्रहरीसम्म क्रम बढेको दार्चुला प्रहरी प्रमुख जनकबहादुर शाहीले बताए।

धक फुकाएर कानुनी प्रक्रियामा जान सक्ने आँट भएका नागरिकहरुको मात्रै यो आँकडा भएको भएको दार्चुला बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख धाना धामी बताउँछन्। समाजमा यस्ता घटना मिलाउने काम अझै भइरहेकाले पीडितको संख्या अझै बढी हुन सक्ने उनको अनुमान छ।

अढाइ दर्जनभन्दा बढी उजुरी

घरेलु हिंसा, लैंगिक हिंसा र अन्य कारणले पीडित महिलाहरू पछिल्लो समय प्रहरीसम्म पुग्ने गरेका छन्। बिगतमा यस्ता घटनाबारे छिटफुट मात्रै उजुरी आउने भएपनि पछिल्लो समय संख्या बढ्दै गएको प्रहरीको भनाइ छ। ‘चालु आर्थिक वर्षमा महिला सेलमा मात्रै ४३ उजुरी परेका छन्,’ डीएसपी शाहीले भने, ‘४३ मध्ये ३४ मुद्दा किनारा लगाइसकेको र नौ मुद्दामा छलफल चरिहरेको छ।’

डीएसपी शाहीका अनुसार पीडितहरु महिलालाई घर र माइतीले पनि राम्रो व्यवहार गर्दैनन्। 

छैन सेफ हाउस

वर्षैपिच्छे महिला हिंसा, जबरजस्ती करणीका घटना बढ्दै गएपनि पीडित महिलालाई राख्न जिल्लामा सेफ हाउस छैन। पीडितमध्ये नगन्यलाई मात्र घरपरिवारले संरक्षण दिने गरेकाले उनीहरु थप पीडित भएको महिला अधिकारकर्मी हिरादेवि अवस्थीले बताए। ‘घरपरिवारबाट पीडा खेप्ने महिलाले माइतमा पनि संरक्षण पाउँदैनन्,’ उनले भनिन्, ‘जिल्लामा पनि सेफ हाउस छैन, पीडामाथि पिडा छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.