|

इलाम  : मेचीराजमार्गको कोल्बुङ सडक खण्डमा ट्रक पल्टिदा बाटो अवरुद्ध बनेको छ। 

शनिवार बिहान साढे ७ बजेको समयमा गोलिया लोड गरेर झापा तर्फ जाँदै गरेको ना २ ख २६१९ नम्बरको ट्रकलाई सोही दिशा तर्फ जादै गरेको ना २ ख ९२०५ नम्बरको ट्रकले ओभरटेक गर्न खोज्दा गोलिया बोकेको ट्रक ब्रेक फेल फेल भई बाटोमा पल्टदा मेची राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी उपरिक्षक माधबप्रसाद श्रेष्ठले जानकारी दिए। 

प्रहरी चौकी किटेनीबाट ४ किलोमिटर उत्तरमा रहेको उक्त घटनामा कुनै मानविय क्षति नभएको प्रहरीले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.