|

सिन्धुपाल्चोकः स्थानीय तहको चुनाव भएको एक वर्ष पुरा भएको छ।  सिंहदरबारको अधिकार गाउँ केन्द्रित भएको एक बर्ष पुरा भएको हो। तर एक बर्षमा पनि स्थानीय सरकारले सोचेअनुरुप कार्यसम्पादन सन्तोषजनक रुपमा गर्न सकिरहेको छैन। 

तीन नगरपालिकार र ९ गाउँपालिका सहित १२ वटा स्थानीय तह रहेको सिन्धुपा्रल्चोकमा कार्यलय व्यवस्थापनदेखि कर्मचारी व्यवस्थापन पूर्ण रुपले हुन सकेको छैन। दुई दशकपछि स्थानीय तहको निर्वाचन भएको थियो। तर, निर्वाचनमा जनताले जतिको उत्साहको साथ सहभागिता जनाएका थिए सोहि अनुरुपको प्रतिफल अफै पाउँन सकेका छैन।

स्थानीय तहमा आफ्नो प्रतिनिधि पाएसँगै विकास निर्माणले गति लिने अपेक्षा राखेका जनताले अझै स्थानीय सरकार आएको भान हुन नसकेको बताउँदै आएका छन्। स्थानीय तह बनेसँगैको पलाएको सर्वसाधारणमा आशाको दियो जगाउँन पर्नेमा जोड छ। नयाँ संविधान अनुसार स्थानीय तहले कार्यकारी र विधायिकी अधिकार फराकिलो स्वरुपमा पाएपनि जनअपेक्षा अनुसार काम गर्न नसकेको गुनासो उत्तिकै छ।

आवश्यक कानुन निर्माण नभएको र क्षेत्राधिकारमा प्रष्टता नभएको अवस्थामा स्थानीय निकायले कामै गरेनन् भन्नुभन्दा पनि उनीहरुलाई शंकाको सुविधा दिनुपर्नेमा अहिले सम्म दिन सकिरहेको छैन। स्थानीय तहमा निर्वाचनको एक वर्षपछि पनि आवश्यक पूर्वाधार गठन भएको छैन, बजेटको स्रोत पहिचान हुनै बाँकी छ र अझै महत्वपूर्ण कुरा आवश्यक जनशक्ति छैन। 

यसअघि सिंहदरवारले प्रयोग गर्ने अधिकार निर्वाचनपछि औपचारिक रुपमा स्थानीय तहमा पुगेको छ, यसैलाई नै ठूलो उपलब्धि मान्नुपर्दछ। हरेक वडा कार्यालय अहिले प्रशासनिक सेवा केन्द्रको रुपमा मात्र सञ्चालन भएका छन्। 

सर्वसाधारणको अपेक्षा अनुसार स्थानीय तहबाट कार्यसम्पादन नभएको विज्ञहरुको भनाई छ। तीन तहका सरकारहरुबीचको भूमिका र जिम्मेवारी एवं संयन्त्रका बारेमा स्पष्ट नभएकाले स्थानीय तहले पूर्ण स्वरुपमा काम गर्न नसकेको हो।  संघीय संरचनाका सरकारले आवश्यक कानून बनाइदिने, प्रशस्त बजेट सुनिश्चित गर्ने र आवश्यक कर्मचारी खटाउने हो भने स्थानीय तहले जनअपेक्षा अनुसार कार्य सम्पादन गर्न सक्ने जानकारहरु बताउँछन्। 

संघीय सरकारबाट स्थानीय तहका लागि करको बाँडफाँड र कोष हस्तान्तरण गर्ने काम व्यवस्थित गर्न अझै बाँकी रहेको छ। सरकारले तत्कालै आवश्यक पूर्वाधार उपलब्ध गराउनुपर्छ र नयाँ संघीय संरचनामा निजामती सेवालाई एकीकृत गर्नुपर्छ। नयाँ स्थानीय तह गठन भएपछि धेरै जिल्ला स्तरका निकाय असान्दर्भिक भइसकेका छन्। उनीहरुसँग भएको पूर्वाधार अझैपनि स्थानीय तहलाई हस्तान्तरण भएको छैन।

जिल्लाका स्थानीय तहमा अझै पनि जनशक्तिको अभाव रहेकोले कार्य सम्पादनमा समस्या भएको छ। सरकारले आवश्यक कानुन बनाइदिने, प्रशस्त बजेट सुनिश्चित गर्ने र आवश्यक कर्मचारी नभएकाले स्थानीय तहले जनअपेक्षा अनुसार कार्य सम्पादन नहसकेको हो। निर्वाचनपछि विकास निर्माणको कामले तीव्र रुपमा गति लिएको गाउँपालिका राष्ट्रिय महासंघका महासचिव तथा सिन्धुपाल्चोक इन्द्रवती गाउँपालिका अध्यक्ष वंशलाल तामाङ बताउँछन्। तेस्रो चौमासिकको अन्त्यसम्म सबै योजना सम्पन्न हुने उनको भनाई छ। 

‘शून्यबाट काम सुरु गर्नुपरेको छ । जनशक्तिको अभाव र निर्वाचन आचारसंहिताका कारण पहिलो चौमासिकमा बजेट खर्च हुन सकेको छैन ।’ गाउँपालिका राष्टिय महासंघका महासचिव तथा इन्द्रावती गाउँपालिकाका अध्यक्ष तामाङले भने, ‘निर्वाचनपछि त्यसपछि कामले तीव्र गति लिएको छ । तेस्रो चौमासिकको अन्त्यसम्म सबै योजना सम्पन्न हुन्छन् । केन्द्र सरकारबाट प्राप्त बजेट आर्थिक वर्षको अन्त्यसम्ममा खर्च गर्ने चटारोले कमसल काम हुने चिन्ता पनि पाइन्छ । जुन रफ्तारमा जति प्रगति हुनुपर्ने थियो । त्यति हुन नसके पनि सकारात्मक ढंगले काम प्रारम्भ भएको छ ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.