|

गोरखा : फोटो पत्रकार समेत रहेकी गोरखाकी पूर्णिमा श्रेष्ठले सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेकी छन्। सगरमाथाको सफल आरोहण गरेकी श्रेष्ठले सगरमाथाको टुप्पोमा आफ्नी आमाको फोटो समेत राखिन्।

शनिबार बिहान ८ बजेर १० मिनेटमा विश्वकै सर्बाेच्च शिखर सगरमाथा आरोहण गरेकी हुन्। सगरमाथाको सफल आरोहण गर्ने उनी पहिलो फोटो पत्रकार समेत हुन्। 
सामाजिक सञ्जाल फेसबुकमार्फत उनले सगरमाथा आरोहण सफल भएको जनाएकी छन्। फेसबुकमा पूर्णिमाले पाेस्ट गरेकी छन्, ‘आज म जीन्दगीमै पहिलो पटक यति धेरै खुसी छु। मेराे एउटा सपना पूरा भरेकाे छ। मैले सगरमाथाको चुचुरो चुमे।’

फोटो पत्रकार भएकाले सगरमाथाको बेसक्याम्पदेखि सगरमाथाको चुचुरोसम्म मुस्कुराइरहेका नेपाली महिलाको फोटो प्रदर्शनी गर्ने लक्ष्य समेत श्रेष्ठले पूरा गरेकी छन्। उनले सगरमाथाका विभिन्न क्याम्पमा फोटो प्रदर्शनी पनि गरेकी थिइन्। 

जिल्लाको आरुघाटमा जन्मेकी श्रेष्ठले गतवर्षको भदौमा किलर माउण्टेनको रुपमा रहेको मनास्लु हिमालको समेत सफल आरोहण गरेकी थिइन्।  
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.