|

राबिन होलिंगवर्थ उती बेला २५ वर्षकी थिइन्, जब उनले लण्डनको जागिर छोडेर अल्जाइमरबाट पीडित आफ्ना बुबाको हेरचाह गर्ने फैसला गरिन्। आफ्ना बुबाआमाको हेरबिचार गर्न कति चुनौती हुन्छ, पड्नुहोस् राबिन होलिंगवर्थको अनुभव उनकै शब्दमा:

डरले काप्दै म आफ्नो कोठाको सोफा पछाडि लुकेकी थिएँ, पसिनाले भिजेको हातमा मेरो मोबाइल थियो।

मेरो बुबा कराउँदै भर्याङबाट ओर्लिदै हुनुहुन्थ्यो, ‘तिमी कहाँ छौँ, कहाँ छ सानो चोर?’

‘मैले तिमीलाई मार्छु, तिमीले सुनिरहेकी छौँ होइन?’

उहाँ कोठामा प्रवेश गर्नुभयो, मैले उहाँको हातमा छुरी देखिरहेको थिएँ।

तर, त्यति नै बेला कसैले ढोका ढकढक गर्‍यो अनि उहाँ ढोका खोल्न जानुभयो। बाहिर हाम्रो कोही छिमेकी थिइन्।

उनले डराउँदै मेरो बुबालाई सोधिन्, ‘हाइ! के तपाईंलाई ठीक छ?’

बुबाले बडो प्रेमपूर्वक र आत्मीयताका साथ जवाफ दिनुभयो, ‘हेलो! म तपाईंलाई कसरी मद्दत गर्न सक्छु?’

छिमेकीले सोधिन्, ‘मैले केही हल्लाखल्ला सुनेँ, त्यसैले म तपाईंको हालचाल सोध्न आएकी, किन हो तपाईंको हातमा यो छुरी?’

बुबाले बडो हाँस्यास्पद शैलीमा भन्नुभयो, ‘मैले मेरो घरमा एउटा सानो चोर भेटाएको छु, मैले केवल उसलाई बाहिर निकाल्ने प्रयास गर्दै छु।’

मलाई थाहा थियो, त्यसबेला मेरी छिमेकी पनि निकै डराएकी थिइन्, तर पनि उनले मेरो बुबासँग कुराकानी जारी राखिन्। यसैबीच म पछाडिको ढोकाबाट बाहिर निस्किएँ र दौडेर मेरो ज्यान बचाएँ।

त्यसपछि म मेरो केटी साथीको घर गएँ।

जब उसले ढोका खोलिन्, तब मेरो अनुहार आँसुर पसिनाले भरिएको थियो, मेरो गोडा कापिरहेका थिए।

मेरो बुबाको नाम डेविड कोल्स हो, उनी एक बुद्धिमान व्यक्ति थिए, उनले आफ्नो जिन्दगी आफैँले बनाएका थिए। उनी सिभिल इन्जिनियर थिए र विश्व भरमा धेरै पावर स्टेशन बनाएका थिए।

बुबा ५० वर्षको अन्त्यतिर आफ्नो नोकरीबाट ‘रिटायर’ भए, तर मेरो आमा मेरजुरीले एक स्थानीय च्यारिटीमा आफ्नो काम जारी राख्नुभयो। उहाँ साउथ वल्सको पोन्टिपुलमा बस्नुहुन्थ्यो।

जब कि म रोयल हालोवे युनिभर्सिटीमा पढाइ गर्नका लागि लण्डन गए त्यहीँ बस्दै आफ्नो काम पनि सुरु गरेकी थिएँ।

म २४ वर्षकी हुँदा मेरी आमाले मलाई बुबा अल्जाइमरबाट पीडित भएको बताउनुभयो। त्यसको एक वर्षपछि मैले मेरो जागिर छोडेँ र बुबाको हेरचाह र आमालाई मद्दत गर्न घर गएँ।

घर पुगेर हेर्दा बुबाको व्यवाहरमा भएको सबैभन्दा ठूलो परिवर्तन भनको उहाँको भाषा बद्लिएको थियो। उहाँले अभद्र भाषा धेरै प्रयोग गर्न थाल्नुभएको थियो, जुनमा ‘एफ....’ शब्द बारम्बार दोहोरिन्थ्यो।

एकदिन टोस्कोबाट आमासँगै घर फर्किदै गर्दा मैले बुबालाई भने, ‘बुबा तपाईंले आफ्नो पाइन्ट उल्टो लगाउनुभएको छ।’

उहाँले उत्तर दिनुभयो, 'यहाँबाट भागिहाल' यद्यपि उहाँले 'एफ…' शब्दको प्रयोग गर्नुभएको थियो।

त्यतिबेलै आमाले भन्नुभयो, ‘आफ्नी छोरीका सामु यस्तो कुरा नगर्नू।’

यसको जवाफमा बुबाले आमालाई पनि उही शब्द प्रयोग गर्नुभयो। 

धेरैपटक यस्तो लाग्थ्यो कि बुबासँग कुरा गर्नुसँग कुनै मतलब छैन, किनकि उहाँले सधैँ हाम्रो बेइज्जत गर्नुभयो। उहाँ म र आमाका सामु सधैँ उत्तेजित हुनुहुन्थ्यो तर अच्चमको कुरा मेरो ठूल्दाइ गेरथका सामु बडो शान्त देखिनुहुन्थ्यो।

यहाँ अधिकांस चीज भुल्न लाग्नुभएको थियो। जस्तो उहाँले धेरैपटक भन्नुहुन्थ्यो, ‘हो मैले औषधि लिइसकेँ’ त्यस्तै उहाँले चियासँग केही अनौठा चीज खाने कुरा गर्नुहुन्थ्यो। उहाँको व्यवहार अप्रत्याशित हुँदै गइरहेको थियो।

एक दिन उहाँले आमासँग कफी बनाउन माग गर्नु भयो, केही समयपछि उहाँले कफिलाई ‘सुप बाउल’ मा राखेर, चियापत्ती र चमेच आमालाई दिन थाल्नुभयो।

अघिल्लो दिन आमा सपिङका लागि जाँनै लाग्दा आफ्नो पासपोर्टका बारेमा सोध्नुभयो, त्यसै समय आमाले हास्यास्पद शैलीमा सोध्नुभयो के तपाईं कतै बाहिर जाँदैहुनुहुन्छ?

आमाको यस्तो जवाफले उहाँ निकै रिसाउनु भयो, जब आमा सपिङबाट फर्केर आउँदा पूरै घर लथालिङ देख्नुभयो। कोठामा कागजहरू छरिएका थिए, किचनको शेल्फ खुला थियो, त्यहाँको सामाग्री भुईँमा छरिएका थिए, बेडरुमका सामान पनि चारैतिर छरिएका थिए।

बुबा बेडमा कापिरहेको अवस्थामा भेटिनुभयो। यद्यपि उहाँले पछि ति छरिएका सामानलाई यथास्थानमा राखिदिनुभयो तर पनि आमाले यो घटनालाई कहिल्यै भुल्न सक्नुभएन।

कतिपय अवस्थामा बुबाको हेरचाह गर्नु लज्जास्पद हुन्थ्यो, त्यस समय मलाई आफैँमाथि रिस उठ्थ्यो। तथापि, यी सबै कुराका बाबजुद मैले बुबाको हेरविचार गर्न कहिल्यै छोडिनँ र यसबारेमा सोचिनँ, पनि।

पासपोर्टवाल घटनाको एक हप्तापश्चात् बुबा सुटुक्कै‍ वाकमा निस्किनुभयो अनि फर्किएर आउनुभएन। पहिला हामीले आसपासका पबमा खोज्यौँ त्यसपछि प्रहरीमा रिपोर्ट गर्यौँ।

प्रहरीले उहाँलाई एक अस्पतालमा भट्टायो, उहाँ सडक किनारको एउटा ढलमा भेटिनुभएको थियो, उहाँको टाउकोमा चोट लागेको थियो। आमाले उहाँलाई घर लिएर आउनुभयो।

आमालाई बुबाको हेरबिचार गर्न दिनप्रतिदिन कठिन हुँदै गइरहेको मैले महसुस गरेकी थिए। शारीरिक रुपमा बुबा पहिले जस्तै हुनुहुन्थ्यो तर मानसिक रुपमा उहाँ पूर्णरुपमा बदलिनु भएको थियो।

एकदिन सामान्य कुराकानीका बीच आमाले मलाई भन्नुभयो, ‘हो मैले यहाँलाई आज पनि उस्तै माया गर्छु, तर यहाँ त्यो व्यक्ति होइन जसलाई मैले प्रेम गर्थेँ, र जोसँग मैले विवाह गरेकी थिएँ।’

योभन्दा पनि अझ दुखद् कुरा यो भयो कि म घर आएको दुई महिनाभित्र मेरी आमालाई स्किन क्यान्सर भएको थाहा पाएँ। अवस्था यसले पनि खराब भएको थियो कि मेरो बुबालाई आमाको स्वास्थ्य समस्याका बारेमा जानकारी थिएन।

जुन दिन आमाको शल्यक्रिया हुँदै थियो त्यसै दिन बुबाले आमाको खिल्लि उडाउनु भयो। त्यसदिन मैले बुबालाई कसेर हिकाउन चाहन्थेँ। यद्यपि बुबाले आमालाई अस्पतालमा देखेर अत्यान्तै शान्त देखिनुभयो र भन्नुभयो, ‘मेरो नजिक आउ, म तिमीलाई आफ्नो नजिक देख्न चाहन्छु।’

जब हामी घर फर्कियौँ तब उहाँले तिम्री आमा कहाँ हुनुहुन्छ भन्दै सोध्नुभयो। उहाँले सोध्नुभयो, उनी अहिलेसम्म कामबाट किन फर्केर आइनन्? किन उनी कतै गइन र?’

उहाँलाई क्यान्सर भएका कारण उहाँलाई अस्पतालमा भर्ना गरिएको छ भन्दै मैले सम्झाएँ। त्यसको जवाफमा उहाँले भन्नुभयो, ‘यो त बडो लज्जास्‍पद कुरा हो, म उनीलाई वाकका लागि पार्कमा लिएर जान चाहन्छु।’

किमोथेरापीपछि आमाको ट्युमर बड्दै गयो र दुई महिनापछि उहाँको क्यान्सर दोस्रोपटक फर्केर आउने छ भन्ने थाहा भयो। बुबालाई यी सबै कुरा बुझाउन निकै गाह्रो थियो।

उहाँले प्रायः आमासँगको सुमधुरसम्बन्ध, दुई छोराछोरीका बारेमा दोहोर्‍याइहनुहुन्थ्यो। आमा आफ्नो कोठामा आराम गरिरहेको समयमा उहाँ सोच्नुहुन्थ्यो, आमाको पेट दुखिरहेको छ या फेरि उनी आफ्नो काममा गइसकिन्।

एकदिन आमाले हामीलाई छोडेर जानुभयो, उहाँको मृत्यु भयो। अन्त क्षण, पूरै परिवार उहाँको सामुन्य थियो। बुबाको यस्तो हालतमा उहाँको हेरविचारका लागि भाइ र मलाई एक्लै छोडेर जाँदा आफू मर्माहत भएको बताउनुभयो।

यस्तो भावुक पलमा बुबाले साढे दुई किलो आलुको बोक्रा छिल्दै हुनुहुन्थ्यो, थाहा थिएन उहाँले यस्तो किन गर्दै हुनुहुन्थ्यो। हामीले पूरै महिना आलु मात्रै खानुपर्‍यो।

आमाको अन्तिम संस्कारका दिन हामीले चर्चमा ब्यागपाइपरलाई बोलायौँ र त्यहाँ आमा र बुबाको प्रेम झल्काउने खालको सामान्य संगीत बजायौँ। मैलै पूरै दिन बुबालाई हेरिरहेँ, उहाँ चुपाचाप र शान्त हुनुहुन्थ्यो। 

यद्यपि, केहीसमयपछि यो सब के भइरहेको छ भन्ने उहाँले बिर्सिनुभयो, उहाँलाई लाग्यो कि यो रिटायरमेन्टको उत्सवका रुपमा यो कार्यक्रम आयोजना गरिएको हो। उहाँले उपस्थित व्यक्तिहरूसँग आफूलाई बधाई दिन आग्रह गरिरहेको देखेँ, यो सब देखर मलाई हाँसो उठ्यो।

आमाको मृत्युको १० दिनपछि उहाँले छुरी लिएर मलाई मार्नका लागि पछि लाग्नुभयो। मैले मुस्किलले आफ्नो ज्यान बचाएर भाग्न सफल भएँ तर फेरि घरमा फर्केर आउन निकै कठिन भयो। बुबाको हेरचाहको सम्पूर्ण जिम्मेवारी मेरो भाइको काँधमा आइपुग्यो। म भाइसँग उहाँलाई हेर्न जान्थेँ, एक्लै भेट्न डर लाग्थ्यो।

केही महिनापछि उहाँलाई निमोनिया भयो र उहाँ निकै दुब्लो देखिनुभयो। मलाई उहाँको अवस्था देखेर निकै दया लागिरहेको थियो, उहाँ दुखाई कहराइरहनुभएको थियो, उहाँका दाँत पनि थिएन, उहाँले ठीकसँग खान र हिँड्डुल गर्न पनि सकिरहनुभएको थिएन।

मेरो प्यारो बुबा कुनै जोम्बी जस्तै देखिन थाल्नु भएको थियो, उहाँको तेज दिमाग बिलकुल खाली भएको थियो। मैले उहाँका सामु बसेर हात समाउँदै म तपाईंलाई अघाद प्रेम गर्छु भन्न मात्रै सक्थेँ।

आमा बितेको पाँच महिनापछि उहाँको पनि मृत्यु भयो।

बुबाआमाले आफ्नो छोराको विवाह देख्न नपाउँदा म अत्यान्तै दुखी थिएँ, उसका छोराछोरीलाई हेर्न पाएनन्। उहाँहरू मेरो विवाह पनि देख्न पाउनुभएन।

मृत्यपछि पनि उहाँलाई धेरैपटक सपनामा देखेँ र कुनै समय उहाँ कति प्रेमपूर्वक हुनुहुन्थ्यो भन्ने याद दिलाइ रहनुभयो, अनि हामी कति खुशी थियौँ।

बुबाको मृत्युको केही महिनापछि हामीले हाम्रो घर बेचिदियौँ र त्यो सुन्दर सहरबाट निस्किएर टाढा पुग्यौँ। हामी दुबै भाइ बहिनी पहाडको टुप्पोमा गयौँ र त्यहाँबाट हामीले बुबाआमाको अस्तुलाई हावामा उडाइदियौँ।

हामीले हाम्रो आँखा गाडि उहाँहरूलाई ‘सबैथोक’बाट ‘केही पनि होइन’ र आफ्नो ‘निकटता’बाट ‘अनन्त’मा बिलिन भएको देख्यौँ।

रोबिन होलिंगवर्थ ‘माइ ड्याडः द डायरी अफ एन अनरेवलिंग माइन्ड’ किताबकी लेखिका हुन्। फोटोहरू बिबिसीबाट

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.