|

काठमाडौं, ५ जेठ : खानेपानी मन्त्री बिना मगरले राष्ट्रलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन खेलकुदको भूमिका महत्वपूर्ण रहेको बताएकी छन्।

काठमाडौंको नागार्जुन नगरपालिका–२ तिनघरे रातोगुम्बामा आइडब्लूएफएन कराँते डो एसोसिएसन र नागार्जुन तिनघरे युवा क्लबले आयोजना गरेको ३ नम्बर प्रदेश स्तरीय वादो कराँते च्याम्पियनसिप प्रतियोगितालाई सम्बोधन गर्दै मन्त्री मगरले नेपालको पहिचान अन्तर्राष्ट्रिय स्तरमा स्थापित गराउन खेलकुदको महत्व रहेको बताइन्। ‘कराँते मात्रै होइन, विभिन्न विधाका खेलले राष्ट्रको गौरव बढाएका छन् । अहिले क्रिकेटर सन्दीप लामिछाने विश्वभरि चर्चामा छन्,’ उनले भनिन्, ‘जनस्तर र युवामाझ खेलकुदप्रति उच्च आकर्षण रहेको छ ।’

खेलकुदले मानिसलाई शारीरिक र मानसिक रुपमा तन्दुरुस्त राख्ने बताउँदै मन्त्री मगरले अनि मात्रै देश विकास र समृद्धिका लागि सोच्न सकिने बताए। ‘राष्ट्रका निम्ति योग्य र सक्षम नागरिक उत्पादन गर्न समेत खेलकुदको महत्व छ,’ उनले  भनिन्, ‘ ‘खेलकुदले समाजका विकृतिविरुद्ध लड्ने उर्जा प्रदान गर्छ, युवालाई समाज परिवर्तनमा लाग्न प्रेरित गर्छ ।’

मन्त्री मगरले खेलकुदको विकासका लागि आफूले आवश्यक पहल गर्ने प्रतिवद्धता जनाइन्। ‘खेलकुदको विकासका लागि स्थानीय स्तरमा स्वस्फूर्त हुने प्रयास प्रशंसनीय रहेका छन्,’ उनले भनिन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.