|

ब्रिटेनकी महारानीका नाती राजकुमार ह्यारी र अमेरिकी अभिनेत्री मेगन मार्कलको विवाह शनिबार  ब्रिटेनको समयअनुसार दिउँसो १२ बजे हुँदै छ। यद्यपि विवाह पूर्व नै महारानीले प्रिन्स ह्यारी र मेगन मार्कलको विवाहको उपाधी घोषणा गरिसकेकी छन्।  उनले युवराज ह्यारी र मेगनको विवाहलार्इ ड्यूक एंड डचेस अफ ससेक्स को उपाधी दिएकी छिन्।

दुबैको विवाह विंडसरको किल्लामा अवस्थित सेंट जर्जको जिरजाघरमा हुँदै छ। त्यसपछि दुबै जना ढाइ सयभन्दा ज्यादा हतहतियारसहितको जथाका बीच किल्लाबाट बाहिर निक्लिने छन् र आधी घण्टासम्म बाहिर घुमेर आगन्तुकका अभिवादन स्वीकार गर्ने छन्।

उनीहरूको विवाह तयारीका पूरा भइसकेको छ। विहीबार यसको रिहलसल पनि गरिएको थियो। मेगनकी आमा डोरिया रागल्याण्ड शुक्रबार विन्डसरको किल्लामा महारानीलार्इ भेट्न पुगेकी थिइन्। मेगन र उनी आमा क्लाइवडेन हाउस होटेलमा बसेका छन्।

शुक्रबार साँझदेखि नै विन्ससरका सडकमा आगन्तुकहरू जम्मा भएका छन्। मानिसहरू नव विवाहित जोडीलार्इ एक झलक हेर्नका लागि पूरै रात आफ्नो ठाउँ पक्का गरेर बसेका छन्।

शुक्रबार अबेर राति सेंट जर्जको गिरजाघरलार्इ सजाइएको छ। त्यहाँ शाही परिवार साढे ११ बजे पुग्ने बताइएको छ। त्योभन्दा पहिलै पहुनाहरूलार्इ यथास्थानमा बसाइने छ।

त्यसपछि ११ः४० बजे राजकुमार ह्यार र राजकुमारी विलियम गिरजाघरको पश्चिमी ढोकाबाट प्रवेश गर्ने कार्यक्रम तय भएको छ। पाँच मिनेट पछि मेगन आफ्नी आमाका साथ गिरजाघर पुग्ने छिन्।

सबैभन्दा अन्तिममा महारानी प्रवेश गर्ने छिन् त्यसपछि शाही विधि अनुसार विवाह सुरु हुन्छ। दिउँसो सबै पहुनालार्इ लन्चको व्यवस्था सेन्ट जर्ज हलमा गरिएको छ। फेरि साँझ प्रिन्स चाल्स फ्रान्गमोर हाउसमा परिवारका व्यक्ति र विशेष पाहुना र साथीहरूलार्इ प्राइभेट रिसेप्सन हुने छ। यसमा करिव २०० जना सामेल हुने अनुमान गरिएको छ।

हेर्नुहोस् फोटो

फोटो: बिबिसीबाट

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.