|

कर्नाटकको मुख्यमन्त्री चुनिएको दुर्इ दिनमै भारतीय जनता पार्टी (भाजपा)का नेता बिएस येदियुरप्पाले राजीनामा दिएका छन्। राजीनामासँगै कर्नाटकमा सुरु भएको येदियुरप्पाको राजनीति यात्रामा पूर्णविराम लागेको छ।

मे १५ मा भएको निर्वाचनका क्रममा कर्नाटकमा भाजपा सबैभन्दा ठूलो पार्टी बन्यो तर बहुमत भने ल्याउन सकेन। २२२ सिट मध्ये भाजपाले १०४ सिटमा जित हाँसिल गरेको थियो।

राज्यपाल बजुभाइ वालाले बहुमतमा आठ सिट कम हुँदाहुँदै पनि येदियुरप्पालार्इ मुख्यमन्त्रीको सपथ खुवाएका थिए। राज्यपालले उनलार्इ विधानसभामा बहुमत जुटाउनका लागि १५ दिनको समयसीमा तोकेको थियो। 

तर यसको विरुद्ध कांग्रेसले सुप्रिम कोर्टको ढोका ढकढक्यायो र आधा रातमै यस मुद्दामा सुनुवाइ पनि भयो। त्यसको लगत्तै शुक्रबार सुप्रिम कोटले येदियुरप्पालार्इ १९ मे साँझ चार बसैभित्रै बहुमत जुटाउनु पर्ने पैसला सुनायो।

कोर्टको सुनुवाइपछि भाजपाले विधायक केवी बोपैयालार्इ कर्नाटक विधानसभाको प्रो-टेम स्पिकर बनायो। कांग्रेसले उक्त निर्णयका विरुद्ध पुनः कोर्ट पुग्यो, यद्यपि सुप्रिम कोर्टले केजी बोपैयालार्इ कर्नाटकलार्इ प्रो-टेप स्पिकरमै यथावत राख्ने फैसला गर्‍यो। साथै विधानसभाको शक्ति परीक्षणलार्इ लाइभ प्रशारण गर्नु पर्ने आदेश दियो। 

साँझ साढे तीन बजेको लन्चपछि सुरु भएको सदनको कारवाहीका क्रममा येदियुरप्पाले १५ मिनेट लामो भाषण गरे र अन्त्यमा विना शक्ति परीक्षण राजीनामा दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.