|

काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकलाई अघि बढाउन अनुकुल भुमिका खेल्न सक्ने औचित्यका आधारमा संविधान संसोधन गरिने बताएका छन्। पार्टी एकिकरण पछि शनिबार संघीय संसद भवन नयाँ वानेश्वरमा बसेको पहिलो संसदीय दलको एकिकृत बैठकमा नेकपाका अध्यक्ष प्रधानमन्त्री ओलीले मुलुकलाई अघि बढाउने सवालमा संविधान संसोधन हुने बताएका हुन्। उनले राष्ट्र विकासको साझा संकल्प पुरा गर्ने सवालमा संविधान संसोधन गरिने बताए।

उनले राष्ट्रियता, सार्वभौमसत्ता, स्वाधिनता लगायत आन्तरिक मामिलामा स्वतन्त्र राष्ट्रको हैसियतको सरकारले काम गर्ने स्पष्ट पारे। अरुबाट नियन्त्रित र निर्देशित भएर सरकार नचल्ने भन्दै उनले राष्ट्रिय स्वभिमानमा आँच आउन नदिने स्पष्ट पारे। 

सार्वभौम समानताका आधारमा छिमेकी राष्ट्रसंगको सम्बन्ध कायम रहने उल्लेख गदै उनले लामो समयदेखि विराटनगरमा भारत सरकारले स्थापना गरेको सम्पर्क कार्यालय अब नरहने विश्वास दिलाए। सबै दृष्टिले सबै भन्दा ठुलो लोकतान्त्रिक पार्टी नेकपा भएको भन्दै उनले नेपाली कांग्रेसलाई नआत्तिन आग्रह गरे। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.