|

हेटौँडा : मकवानपुर प्रहरीले हेटौँडाबाट लागुऔषध चरेससहित दुई महिलालाई पक्राउ गरेको छ। पक्राउ गर्नेमा पर्सा वीरगञ्ज–१६ की ५५ वर्षीया उमादेवी पटेल र ३५ वर्षीया आशादेवी पटेल रहेका छन्। उनीहरुको साथबाट १० किलो चरेस बरामद भएको छ।

कपडाको थैली बनाई कम्मरमा बाँधेर र तिघ्राको भागमा एङ्लेटभित्रसमेत ल्याएको चरेस प्रहरीले बरामद गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। त्रिभुवन राजपथअन्तर्गत हेटौँडा–१ चौकीटोलमा पालुङबाट हेटौँडातर्फ जाँदै बा३ख २८३१ नम्बरको बस जाँच गर्दा उनीहरुलाई चरेससहित पक्राउ गरेको प्रहरीको भनाइ छ।

यस्तै, हेटौँडा–१० मा वीरगन्जबाट बाग्लुङ जाँदै  गरेको  ना४ख ७४२० नम्बर बसमा जाँच गर्दा चितवन राप्ती नगरपालिका वडा नम्बर १० का ३१ वर्षीय सागर शर्माको साथबाट लागुऔषध डाइजेपाम १७ एम्पुल, फेनार्गन १७ एम्पुल र ब्युनोर्फिन १८ एम्पुल बरामद भएको प्रहरीले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.