|

दमक (झापा) : दमक नगरपालिकाले नगरमा आँपको व्यवसायिक खेतीका लागि सम्भाव्यता अध्ययन गरेको छ। सम्भाव्यता अध्ययनका लागि बागबानी विकास अधिकृत जयप्रसाद उप्रेती नेतृत्वको टोलीले काम गरेको थियो। बिज्ञहरूले तयार गरेको आँप खेतीको अध्ययन प्रतिवेदन नगर प्रमुख रोमनाथ ओलीलाई बुझाइएको छ। 

नगरपालिका भित्रको ५० हेक्टर जमिनमा आँप खेती गर्दा ५३ लाख ९२ हजार ३२६ रुपैयाँ लाग्ने र ४ वर्षपछि प्रतिहेक्टर १२ लाख ८० हजार रुपैयाँ आम्दामी गर्न सकिने प्रतिवेदनमा उल्लेख गरिएको छ। प्रतिबेदन बुझ्दै नगर प्रमुख ओलीले प्रतिवेदनलाई अध्ययन गरी व्यवसायिक आँप खेतीका लागी नगरपालिकाले योजना बनाउने जानकारी दिए। यस अघि जापानको एक टोली दमकमा आँप खेतीको सम्भाव्यताका बारेमा जानकारी लिन दमक आएको थियो। 

जापानी प्रतिनिधि मण्डलले दमकमा व्यवसायिक रुपमा आँप उत्पादन र निर्यातको अवस्था आएमा जापानमा बजार विस्तार गर्न सहयोग पुर्‍याउने आवश्वासन समेत दिएको थियो। स्थानीय बजारमा खपत हुन नसकेको आँपलाई प्याकेजिङ गरी जापान निर्यातको लक्ष्य रहेको र यसमा जापानी पक्षबाट पनि सहयोगको वचन प्राप्त भएको प्रमुख ओलीले बताएका छन्। 


 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.