|

उदयपुरः उदयपुरको पाँचौ संस्करणको उदयपुर गोल्डकपको थ्री स्टारले कब्जा गरेको छ। शनिबार भएको फाइनल खेलमा मनाङ मर्स्याङदीलाई १-० ले पछि पार्दै थ्री स्टारले उपाधि हात पारेको हो। 

जितसँगै थ्री स्टारले नगद ५ लाख र ट्रफी हात पारेको छ भने उपविजेता मनाङले नगद ३ लाखमा चित्त बुझायो। थ्री स्टारका लागि १८ औँ मिनेटमा अजय मार्टिनले गरेको गोल नै निर्णायक बन्यो। गोल्डकपको म्यान अफ दि म्याच मनाङका डोना थापा, वेस्ट डिफेन्स थ्री स्टारका विजय धिमाल, वेष्टमिड फिल्डर थ्री स्टारका रुपेश केसी, वेष्ट कोच थ्री स्टारका मेघराज केसी, राईजिङ प्लेयर्स उदयपुर ११ का प्रचल चौधरी, सर्वाधिक गोलकर्ता थ्री स्टारका अजय मार्टिन र वेष्ट गोलकिपर थ्री स्टारका ऐलेन न्यौपाने भए। उनीहरुले जनही १०/१० हजार रुपैयाँबाट सम्मानित भए। 

प्रतियोगिताको सर्वश्रेष्ठ खेलाडी थ्री स्टारका पिटर सैगुन भए। उनी ५० हजार रुपैयाँ नगदसहित सम्मानित भए। गएको शनिबारदेखि सुरु गोल्डकपमा डिभिजन लिग खेलिसकेका टिमहरुसहित ८ टिमको सहभागिता रहेको थियो। थ्री स्टारले यसअघि दोस्रो र तेस्रो उपाधि समेत चुमेको थियो।

विजेता र उपविजेतालाई प्रदेश १ का योजना तथा आर्थिक मामिला मन्त्री इन्द्रबहादुर आङवोले हस्तान्तरण गरे। प्रतियोगिताको दोस्रो हापमा थ्री स्टारका अजय मार्टिन र मनाङका विमल बस्नेतवीच बिबाद उत्पन्न भएपछि रेफ्रिले दुबैलाई रातो कार्ड दिएपछि दुबैतर्फबाट १०/१० जना मात्र खेलाडी सहभागी रहेका थिए।खेलाडीबीच उत्पन्न बिबादपछि दर्शकबीचमा झडप भएको थियो। प्रहरीले २० मिनेट लगाएर सर्वासधारणलाई तितर वितर बनाएको थियो। 
 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.