|

ओखलढुंगा : ओखलढुंगाका यातायात व्यवसायीलाई तीन दिनभित्र सम्पत्ति विवरण बुझाउन निर्देशन दिएको छ। जिल्ला प्रशासन कार्यालयले संस्था दर्ता ऐन–२०३४ अनुसार प्रशासनमा दर्ता भै संचालनमा रहेका यातायात व्यवसायीहरूलाई तुरुन्त चलअचल सम्पत्ति विवरण बुझाउन निर्देशन दिएको हो।

ओखलढुंगामा माथिल्लो सगरमाथा, सिद्धिचरण, न्यू सुपर बस व्यवसायी संघ र ओखलढुंगा यातायात सेवा समिति दर्ता भई सञ्चालनमा छन्। यी यातायात व्यवसायी संघलाई शुक्रबार पत्राचार गरी लिखित् रुपमै सम्पत्ति विवरण बुझाउन भनिएकोे सहायक प्रमुख जिल्ला अधिकारी टुक्ती शेर्पाले बताए। प्रशासनले गृह मन्त्रालयको निर्देशन बमोजिम व्यवसायीको सम्पत्ति विवरण माग गरेको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.