|

कञ्चनपुर : कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ वनहरामा मोटरसाइकल र ट्रयाक्टर एक आपसमा ठोक्किदा गम्भीर घाइते भएका प्रहरी जवानको उपचारका क्रममा मृत्यु भएको छ।

महेन्द्रनगरबाट धनगढीतर्फ जादै गरेको म २ प ७९९६ नम्बरको मोटरसाइल से २ प १४१८ नम्बरको ट्रयाक्टर शुक्रवार एक आपसमा ठोक्किदा वडा प्रहरी कार्यालय महेन्द्रनगरमा कार्यरत प्रहरी जवान २८ वर्षीय प्रेमबहादुर पाल गम्भीर घाइते भएका थिए। 

उनकोे उपचारका क्रममा बाँकेको कोहलपुरस्थित मेडिकल कलेजमा मृत्यु भएको हो। प्रहरी जवान पाल दार्चुला देउथलाका स्थायी बासिन्दा रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक सुरेन्द्र बमले बताए।
 
ठक्कर दिने ट्रयाक्टर र चालक विश्वास चौधरीलाई ईलाका प्रहरी कार्यालय झलारीको नियन्त्रणमा रहेका छन्। मृत प्रहरी जवान पालको शव परीक्षणपश्चात् आफन्त जिम्मा लगाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.