'जनकपुरलाई सरकारले पूर्वाग्राही हिसाबले हेर्‍यो'

|

जनकपुरधाम : भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले ३५ वर्षदेखि चलिआएको सिन्डिकेटलाई तोड्दा नेपाल सरकारकै केही कर्मचारीहरू दुःखी भएको बताएका छन्। प्रदेश–२ को प्रादेशिक पत्रकार महासंघको नव निर्वाचित पदाधिकारीहरूको सपथ ग्रहण तथा प्रमाणपत्र वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले क्यान्सरमुखी सिन्डिकेट तोड्नलाई ठूलै कसरत गर्नुपरेको र कसरतको क्रममा आफूले केही अपजससमेत खेप्नुपरेको दुःखेसो पोखे।

मन्त्री महासेठले नेपाल सरकारको कर्मचारीहरूको सरुवा, बढुवा तथा आवश्यकताअनुसार जिम्मेवारी हेरफेर हुने सामान्य प्रक्रियालाई समेत केही मिडियाले गलत नजरले हेर्दै आफूमाथि विभिन्न आरोप लगाएको प्रति असन्तुष्टि व्यक्त गरे। उनले भने ‘वर्षौँदेखि सिन्डिकेट तोड्ने कुरामा कसैको ध्यान गएनन् चाहे त्यो कर्मचारी होस् वा अन्य निकाय, वर्षौँदेखि आफ्नो प्रभुत्व जमाइ राख्यो,  अनि म आएको केही दिन नबित्दै त्यसलाई तोडन् खोजेँ र जनताको सहयोगबाट सफल पनि भयो, तर कतिपय कर्मचारीहरूलाई सिन्डिकेट टुटेकोमा दुःख लाग्यो।’

जनकपुरधामलाई विगतका सरकारहरूले पूर्वाग्राही रूपले हरेकै कारण काठमाडौंको पछि दोश्रो दर्जामा आउने जनकपुर अहिले आएर जरजर अवस्थामा पुगको मन्त्री महासेठले बताए। उनले अबको पाँच वर्षमा जनकपुरको कायापलट हुन कसैले रोक्न नसक्ने बताउदै उनले भने ‘जसरी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमणको क्रममा जनकपुरको विकास भयो, सोही अनुसार विकासले गति लिए अबको पाँच वर्षमा सडक मार्ग तथा रेलमार्गबाट प्रत्येक गाउँ गाउँलाई जोड्ने सरकारको योजना छ, र अब आउने लागेको सरकारको बजेटमा गाउँ र शहर जोड्ने योजनाको बजेट छुट्याई यसरी प्रभावकारी रुपमा कार्यान्वयनको पाटोमा लगिनेछ।’

सन् २०१८ भित्रैमा जनकपुरधाममा रेल्वे सेवा सञ्चालन हुने योजना सरकारले प्राथमिकताका साथ अगाडि बढाएको बताउँदै मन्त्री महासेठले ‘निजगढ–काठमाडौं’ फास्ट ट्रयाक, रक्सौल काठमाडौं रेल मार्गसहितको कार्ययोजना तथा कामहरू तीव्र गतिमा अघि बढ्ने बताए। उनले भने, ‘सरकारले आगामी जेठ १५ ल्याउन लागेको बजेटमा जनकपुर तथा तराई मधेशको लागि विशेष प्याकेजमा कार्यक्रम ल्याउने कार्यक्रम छ, सरकार तराई मधेशको सवालमा अत्यन्त संवेदनशील छ, झन जनकपुरको सवालमा सरकारले भौतिक पूर्वाधार, स्वास्थ्य, खानेपानी यातायात, सडक लगायतका सेवामा नयाँ विहानीको सुरुवात हुन्छ।’      

मदन आश्रित पुण्य तिथिमामा नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकताले देशको विकास मात्र नभई राजनीतिक स्थायीत्व हुने पनि संकेत गरेको बताए। उनले दुई दलको एकताले राजनीतिक माहोल मात्र नभई विकासको सम्भावनाहरू पनि बढेको बताए। ब्यूरोक्रेटसहरूले सरकार अब ढल्ने की भोली ढल्ने भन्ने आशंका अबको लागि सदासर्वदाको लागि अन्त्य भएको बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.