|

इडन हर्जाडले चेल्सीका लागि पेनाल्टीमा गरेको एक मात्र गोल म्यानचेस्टरलाई हराउन पर्याप्त भएपछि चेल्सीले एफए कपको उपाधि जितेको छ। वेम्बलीमा भएको एफए कपको सनसनीपूर्ण फाइनलमा चेल्सीले पहिलो हाफमा पाएको पेनाल्टीलाई सदुपयोग गरेपछि युनाइटेड १-० ले स्तब्ध भयो।

डिबक्स एरियामा चेल्सीका स्ट्राइकरलाई म्यानचेस्टरका डिफेन्डरले लडाएपछि २२ औं मिनेटमा चेल्सीले पेनाल्टीको मौका पाएको थियो। उक्त मौकालाई इडन हजार्डले सदुपयोग गरेपछि चेल्सीले खेलमा अग्रता बढायो। जुन अग्रता निर्णाय बनेको हो।

चेल्सीले जारी सिजन इंग्लिस प्रिमियर लिगमा खराब प्रदर्शन गरेपनि सिजनको सुखद् अन्त्य गर्न सफल भयो। चिरप्रतिद्वन्द्वी युनाइटेडेलाई पराजित गर्दै उपाधि जितेपछि कोन्टेको यो सिजन धेरै असफल्तालाई केही हदसम्म जोगाउन पर्याप्त भयो।

चेल्सी र युनाइटेडबीचको यो फाइनललाई कोन्टे विरुद्ध माउरिन्होको भिडन्तका रुपमा समेत हेरिएको थियो। जहाँ माउरिन्होको टिमले पर्याप्त अवसर पाएपनि गोल गर्न असफल भयो। यद्यपि, खेलको अन्तिमतिर म्यानचेस्टर युनाइटेडको खेलाडीले डिबक्समा हेन्ड गरेपनि रेफ्रीले नदेख्दा दोहोरो गोल खानबाट भने युनाइटेड बचेको थियो। त्यसो त युनाइटेडले पनि केही गोलका अवसर सदुपयोग गर्न सकेन।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.