समाज

छाउगोठ भत्काएर मन्दिर
SHARES

फाेटाे फाइल
जेठ ६, २०७५
    • रमेश रावत

    अछाम : अछाम जिल्लामा छाउपडी प्रथाको अन्त्यका लागि स्थानीय तहहरूले विभिन्न क्रियाकलापलाई तीव्रता दिएका छन्। रामारोशन गाउँपालिकाले छाउगोठ भत्काएर मन्दिर निर्माण गर्ने योजना अघि सारेको छ।

    महिलाहरू महिनावारी भएको बेलामा घरमा देवता रिसाउने डरले घरबाहिर गोठमा राख्ने प्रचलनलाई छाउपडी भनिन्छ। यस्तो अवस्थमा घरमा बस्दा देवता रिसाउने र अनिष्ट हुने जनविश्वास छ।

    छाउपडी प्रथा अन्त्यका लागि घरभित्र राखिएको देवताका माण्डा (देवताका नाममा राखिएका भाँडाकुडा) लाई घरबाहिर मन्दिर निर्माण गरी राखिने र महिनावारी भएका महिलालाई घरभित्र राख्नका लागि ‘देवताबाहिर छाउपडीभित्र’ कार्यक्रम सुरु गरिएको गाउँपालिका अध्यक्ष झंकर साउदले बताए। उनका अनुसार देवताको माण्डालाई घरबाहिर राख्दा महिनावारी भएको बेला महिलालाई घरभित्र राख्न स्थानीयवासी सहमत भएका छन्।

    यस अभियानअन्तर्गत घर नजिकै रहेका छाउगोठ भत्काएर मन्दिर निर्माण गरिने छ। एक वर्षभित्र छाउगोठको ठाउँमा मन्दिर निर्माण गरिसक्ने गाउँपालिकाको योजना छ। यसका लागि आगामी बजेटमा यसलाई प्राथमिकतामा राखिएको अध्यक्ष साउदले बताए।

    सात वटा वडा रहेको उक्त गाउँपालिकामा करिब ५० वटा मन्दिर निर्माण गरिनेछ जनाइएको छ। यस गाउँपालिकामा प्रदेश ७ को प्रमुख पर्यटकीय स्थल रामारोशन पनि पर्दछ। छाउगोठलाई विस्थापित गरी निर्माण गरिने मन्दिरहरूले पर्यटन पर्वद्धनमा पनि सघाउ पुग्ने गाउँपालिकाले आशा लिएको छ। जिल्लामा पछिल्लो दश वर्षमा १२ जना महिलाले छाउगोठमै मृत्युवरण गरिसकेका छन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]