|

भद्रपुर, (झापा): प्रहरीले झापाको काँकडभिट्टाबाट लागुऔषध ब्राउनसुगरसहित दुई युवक पक्राउ गरेको छ। पक्राउ पर्नेमा मेचीनगर नगरपालिका ३ बाहुनडाँगी निवासी २५ वर्षीय रावल रायमाझी र सोही ठाउँका २३ वर्षीय अनिल दनुवार रहेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए। प्रहरीले उनीहरुको साथबाट चार सय मिलिग्राम ब्राउन सुगर बरामद गरेको छ। 

भारत पश्चिम बंगालस्थित पानीटंकी बजारबाट मे ५ प ८६६ नम्बरको स्कुटरमा सवार उनीहरु नेपालतर्फ आउँदै गरेका अवस्थामा लागुऔषध नियन्त्रण ब्युरो काकडभिट्टाबाट खटिएका टोलीले मेचीनगर नगरपालिका ६ स्थित भन्सार कार्यालय नजिकै चेकजाँचको क्रममा पक्राउ गरेको प्रहरी नायव उपरीक्षक बस्नेतले बताए। पक्राउ परेका दुवै जनालाई आवश्यक कारवाहीका लागी इलाका प्रहरी कार्यालय काकडभिट्टामा राखिएको जनाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.