|

काठमाडौं : उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मात्रिका यादवको थप उपचार थाइल्याण्डमा हुने भएको छ। कम्मर र टाउकोको पछिल्लो भाग बेस्सरी दुख्ने समस्या भएपछि उनी अस्पताल भर्ना भएका थिए। नर्भिक अस्पतालका डाक्टरहरुले थप उपचारका लागि थाइल्याण्ड जाने सल्लाह दिएपछि उनी थाइल्याण्ड जान लागेका हन्। दिउँसो साढे एक बजे उनी थाइल्याण्डका लागि उड्नेछन्। यादव श्रीमती सहित जान लागेका हुन्। उनको स्वास्थ्यमा के कारणले समस्या आएको भनेर डाक्टरहरुले सार्वजनिक गरेका छैनन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.