|

काठमाडौं : नवगठित नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय कमिटिको सदस्यमा अर्थमन्त्री, सञ्चार राज्यमन्त्री तथा पत्रकार समेत परेका छन्। नेकपा एमाले र माओवादी केन्द्रबीच एकिकरण भइ जेठ ३ गते नवगठित नेकपाको केन्द्रीय कमिटिमा अर्थमन्त्री युवराज खतिवडा, सञ्चार राज्यमन्त्री गोकुल बास्कोटा, पत्रकार विष्णु रिजाल समेत परेका छन्।

संवैधानिक पदमा पुगेका सहित केहीको विदाई

नेकपाका ४४१ सदस्यीय केन्द्रीय कमिटीमा तत्कालीन एमालेको तर्फबाट २४१ र माओवादी केन्द्रको तर्फबाट २०० सदस्य समायोजन हुने सहमति अनुसार एमालेको साविकको २०० जना सदस्य स्वतः केन्द्रीय कमिटिमा परेका छन्। त्यसमा थप्नुपर्ने ४१ जना र पुरानो कमिटिबाट मृत्यु भएका, विदाइ गरिएका तथा संवैधानिक पदमा पुगेका केही केन्द्रीय सदस्यहरुको ठाउँमा नयाँ सदस्य थप्नुपर्नेछ।

स्रोतका अनुसार राधाकृष्ण मैनालीलाई विदाइ गरिएको स्रोतले बताएको छ भने महिम लिम्बूको मृत्यु भएकाले उनको ठाउँ रिक्त भएको छ। यस्तै महान्यायाधिवक्ता नियुक्त भएका अग्नि खरेल, प्रतिनिधिसभाको उपसभामुखमा पुगेकी शिवमाया तुम्बाहाम्फे, प्रदेश नम्बर ३ को सभामुख भएका सानु श्रेष्ठको ठाउँ रिक्त सदस्य थपिनेछन्।

नयाँ थपिने सदस्यमा एमालेका तर्फबाट ४५ जनाको नाम टुंगो लगाइएको छ। अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालले शनिबार मध्यरातमा सदस्यको सूची तयार पारेका हुन्। तत्कालीन स्थायी कमिटी बैठकले थप केन्द्रीय सदस्यको नाम तय गर्ने जिम्मा ओली र नेपाललाई दिएको थियो।

जसअनुसार दुई नेताले गएको एमाले नवौं महाधिवेशनमा लामो समय कम्युनिष्ट आन्दोलनमा सक्रिय रहेका, केन्द्रीय सदस्य उम्मेदवार बनेर पराजित भएका, विभिन्न विभागका सचिव तथा युवा नेतामध्येबाट सदस्यको नाम टुङ्गो लगाएको नेता सुरेन्द्र पाण्डेले बताए। जसअनुसार एमालेबाट ४१ केन्द्रीय सदस्य थपिनुपर्नेमा ४५ जनाको नाम तय भएको छ।

कसको के पृष्ठभूमि ?

केन्द्रीय कमिटीमा थपिएका अर्थमन्त्री डा.युवराज खतिवडा कम्युनिस्ट पार्टीको कुनै पनि औपचारिक कमिटीमा काम नगरी एकैपटक केन्द्रीय कमिटीमा परेका छन्। सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुल बाँस्कोटा पनि नेकपाको केन्द्रीय सदस्य भएका छन्। उनी पत्रकारिता पृष्ठभूमिबाट आएका नेता हुन्।

यसैगरी पत्रकारिता पृष्ठभूमीबाटै पत्रकार विष्णु रिजाल केन्द्रीय सदस्यमा परेका छन्। उनी एमालेको केन्द्रीय प्रचार तथा प्रकाशन विभागका सचिव थिए। यस्ते प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेल र अर्थमन्त्री कैलाश ढुंगेल पनि केन्द्रीय कमिटीमा परेका छन्।

चर्चित युवामध्येका पूर्व उद्योग मन्त्री तथा युवा संघका पूर्वअध्यक्ष महेश बस्नेत पनि केन्द्रीय सदस्यमा परेका छन्। यसैगरी पूर्वमन्त्री आनन्द पोखरेल, घोराही उमपहानगरपालिकाका मेयर नरुलाल चौधरी पनि केन्द्रीय कमिटीमा परेका छन्।

एमालेका प्रमुख सचेतक खगराज अधिकारी, भरतपुर उपमहानगरपालिकामा पराजीत भएर चर्चामा आएका मेयर देवी ज्ञवाली पनि केन्द्रीय कमिटीमा पुगेका छन्।

यसैगरी एमाले काठमाडौंका अध्यक्ष रहेका कृष्ण राई, युवा संघका पूर्व नेता निरज आचार्य, दिलकुमारी पन्त समेत केन्द्रीय सदस्यमा परेका छन्। गएको निर्वाचन ताका मालेबाट एमालेमा प्रवेश गरेक अइन्द्रसुन्दर नेम्वाङ समेत केन्द्रीय सदस्यमा परेका छन्।  

यस्तो छ नयाँ थपिएकाहरुको सूचीः

१. खगराज अधिकारी

२. गोकुल बाँस्कोटा

३. महेश बस्नेत

४. विष्णु रिजाल

५. नरुलाल चौधरी

६. डोरमणि पौडेल

७. तीलकुमार मेन्याङ्बो

८. राजेन्द्र गौतम

९. आनन्द पोखरेल

१०. कैलाश ढुंगेल

११. गुरुप्रसाद बराल

१२. डा.युवराज खतिवडा

१३. बलराम बाँस्कोटा

१४. केशवलाल श्रेष्ठ

१५. रामेश्वर फुयाल

१६. कृष्ण राई

१७ वसन्त मानन्धर

१८. निरज आचार्य

१९. दयालबहादुर शाही

२०. रवीन्द्र अधिकारी (नवलपुर)

२१. विनोद ढकाल

२२. महेश रेग्मी

२३. भानुभक्त जोशी

२४. गौरी ओली

२५. समिम मिया अन्सारी

२६. प्रमोदनारायण यादव

२७. दीलकुमारी पन्त

२८. लीला भण्डारी

२९. अइन्द्रसुन्दर नेम्वाङ

३०. साध्यबहादुर भण्डारी

३१. चन्द्रबहादुर शाही

३२. देवेन्द्र दाहाल

३३. अच्युत मैनाली

३४. देवी ज्ञवाली

३५. रामेश्वर रानामगर

३६. नरेश खरेल

३७. विनोद श्रेष्ठ

३८. श्रीनाथ रावल

३९. एकबहादुर राना

४०. लक्ष्मी ज्ञवाली

४१. सारदा सुवेदी

४२. विमला घिमिरे

४३. गोविन्दविक्रम शाह

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.